• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

१७ खानेपानी आयोजनालाई १९ करोड बजेट विनियोजन


१७ खानेपानी आयोजनालाई १९ करोड बजेट विनियोजन
Share on FacebookShare on Twitter

बलेवा, जेठ २५ गते । बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि रु १९ करोड विनियोजन भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट विनियोजनमा १७ आयोजनाका लागि रु १९ करोड पाँच लाख बजेट विनियोजन गरेको हो ।

चालु बर्खे अधिवेशनमा मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेकाले आयोजना र बजेटमा थपघट हुनसक्छ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने अधिकांश आयोजना केही वर्ष पहिलेदेखि नै निर्माणाधीन अवस्थामा छन् । पुराना चलिरहेका आयोजनालाई पूर्णता दिने र नयाँ आयोजनामार्फत उपभोक्तामा स्वच्छ खानेपानी पु¥याउन बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटमध्ये बागलुङ जिल्लाले विभिन्न १७ योजना सञ्चालन गर्न रु १९ करोड पाँच लाख बजेट पाउने भएको हो ।

बागलुङ नगर सहलगानी खानेपानी आयोजना र बलेवा नारायणस्थान खानेपानी आयोजनाहरुमा प्रशोधन प्रणालीको सुधार विस्तारका लागि सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ ।

सहलगानी कार्यक्रमअन्तर्गत लिफ्टिङ प्रविधिका दुई आयोजनामध्ये बलेवा नारायणस्थान खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ भने बागलुङ नगर खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । बागलुङ नगरपालिका–१२ को अमलाचौर बृहत् लिफ्टिङ खानेपानी आयोजनाका लागि २० लाख विनियोजन भएको छ ।

ढोरपाटन नगरपालिका–२ र ६ मा सञ्चालन हुने खानेपानी आयोजनाका लागि दुई करोड, दाद्रा खोला लाम्राती, लटेखोरिया, रिजालचोक लिसेपानी पम्पिङ खानेपानी आयोजना काठेखोला गाउँपालिका–५ बिहुँका लागि रु तीन करोड पाँच लाख र गलुवा बिरौटा खानेपानी आयोजना बगलुङ नगरपालिका–१० भकुण्डेका लागि रु पाँच लाख विनियोजन भएको छ ।

शालिग्राम पञ्चकोट खानेपानी आयोजनाका लागि ५० लाख, भकुण्डे खानेपानी आयोजनाका लागि पाँच लाख, हाँडिकोट विहारथला, राङ्खानी भेडिखर्क खानेपानी आयोजना जैमिनी नगरपालिका–१० का लागि रु एक करोड विनियोजन भएको छ ।

जैमिनी खानेपानी आयोजनाका लागि एक करोड, दमक खानेपानी आयोजनाको लागि दुई करोड, बागलुङ गलुवा डेकेविराउटा खानेपानी आयोजनाका लागि दुई करोड, हिल खानेपानी आयोजनाका लागि पाँच लाख र तित्याङ, ठूला ढुङ्गा नुवारा खानेपानी आयोजनाका लागि रु दुई करोड विनियोजन भएको छ ।

खहरे, काभ्रे, माझकोट लिफ्टिङ खानेपानी आयोजना बागलुङ नगरपालिका–३ का लागि २० लाख, मूलाबारी भैरवस्थान खानेपानी आयोजनाका लागि २० लाख, गादेलबोत देउपुजा खानेपानी आयोजना बागलुङ नगरपालिका–८ का लागि रु एक करोड ५० लाख र भान्सा सिस्नेरी खानेपानी आयोजनाका बागलुङ नगरपालिका–७ का लागि रु एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

हालसम्म सार्वजनिक भएको तथ्याङ्कअनुसार विनियोजित खानेपानी आयोजनामध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकाका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In