• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित


हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित
Share on FacebookShare on Twitter

झलनाथ खनाल-

भजनी, जेठ २९ गते । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित हुन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकिएको छैन ।

बैंकबाट ऋृण निकालेर व्यवसाय गर्नुभएका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए । “एक हजार २०० भन्दाबढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भन्ने, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उनले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताए ।

यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरिएको छ । तीन बिघा क्षेत्रमा केरा खेती गरेको दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएको छ । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पा¥यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भन्ने, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण १”

दिनेशले केराको बीमा गर्नुभएको छ । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए । उनले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताए ।

टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केराखेती गर्दै आएको छ । उनले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराखेको छ । टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् ।

“मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्”, विनोदले भन्ने, “अरु किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको देखिन्छ ।”

केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ । १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएको छ । उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आउनु भएको हो । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताए ।

“मैले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ” टेकेन्द्रले भन्ने, “आजसम्म मैले टनेल बनाउन सकिनँ भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौंको क्षति पुग्छ ।” उनले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताए ।

टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिव एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।

उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताएको छ । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताए ।

“किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ”, प्रमुख जोशीले भन्नुभयो, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In