• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात


ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात
Share on FacebookShare on Twitter

वीरगन्ज,२४ साउन। वीरगन्ज नाकाबाट थप १ लाख बोरा युरिया मल भित्रिएको छ। ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टनमध्ये ५ हजार मेट्रिक टन (१ लाख बोरा) मल वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह ( ड्राइपोर्ट) हुँदै भित्रिएको हो।

गत शनिबार र सोमबार गरि दुई खेपमा थप १ लाख बोरा युरिया मल वीरगन्ज आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईंले जानकारी दिए। उनले भने, ‘शनिबार र सोमबार गरि दुई खेपमा २५/२५ सय मेट्रिक टन युरिया वीरगन्ज ड्राइपोर्टमा आइपुगेको छ।’

यसअघि साउन १९ गते पहिलो खेपमा २५ सय मेट्रिक टन (५० हजार बोरा) युरिया मल वीरगन्ज ड्राइपोर्टमा आएको थियो।  साउन १९ देखि साउन २३ (बुधबार सम्म) गरि तीन खेपमा कुल १ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकत्ता बन्दरगाहबाट वीरगन्ज स्थित ड्राइपोर्टमा आइपुगेको चौलागाईंले जानकारी दिए।

चौथो खेपमा बुधबार थप २५ सय मेट्रिक टन युरिया मल वीरगन्ज ड्राइपोर्टमा आइपुग्ने जानकारी प्राप्त भएको पनि चौलागाईंले जानकारी दिए। नेपाल सरकारले ग्लोबल टेण्डरमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ।

ओमानबाट नेपालको मल पानी जहाजमा सामुन्द्रिक मार्गहुँदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाँबाट रेलबाट वीरगन्जस्थित ड्राइपोर्टमा ढुवानीहुँदै आएको छ।

ओमानबाट खरिद गरिएको कूल ३० हजार मेट्रिक टन युरियामध्ये २२ हजार ५ सय मल ९ खेपमा गरि  वीरगन्जकै ड्राइपोर्ट नाका हुँदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले जानकारी दिए।

धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइँका बेला आउन नसकेपनि अहिले रोपाइँ भएको धानमा टप ड्रेसिङ गर्ने बेला (गाँज हाल्ने बेला) भएकाले त्यसमा प्रयोग हुने बताइएको छ।

चौलागाईंले भने, ‘विविध कारणले रोपाइँका बेला मल आउन सकेन, तर यति खेर धानबालीमा टप ड्रेसिङ गर्ने बेला भएको छ, यही बेला युरिया चाहिन्छ, एकदम ठिक बेला मल आइपुगेको छ।’ वीरगन्जस्थित कृषि सामग्री कम्पनीमा आइपुगेको युरिया मल मंगलबारदेखि जिल्लाहरूमा पठाउन शुरु गरिसकेको जानकारी पनि उनले दिए।

जिल्लाबाट मलको बिक्रीवितरण भने बिहीबार या शुक्रबारदेखि मात्रै सुरु गरिने पनि उनले बताए। वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपुर्ति गर्दै आएको छ।

कार्यालय प्रमुख चौलागाईंका अनुसार ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये मधेस प्रदेशमा ८ हजार ५ सय वितरण गरिने छ। पर्साका लागि भने ८ सय ५० मेटन (१७ हजार बोरा) र बाराका लागि १ हजार मेटन (२० हजार बोरा) युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि# समाज#अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह

सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह

Discussion about this post


© Dainik Sanjal

भर्खरै

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In