• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रासायनिक मल अभावमा उत्पादन घट्दै


रासायनिक मल अभावमा उत्पादन घट्दै
Share on FacebookShare on Twitter

सुशिला रेग्मी-
रामपुर, जेठ २९ गते । यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताए ।

“कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो रु ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रोपटक पुनःमल दिन नपाउँदा सुत्ला नै निस्कन सकेको छैन, अब उत्पादन लिन पाइएला भन्ने आशै भएन, खेती गरेर उत्पादन लिन नपाउँदा हामीलाई दुःख मात्रै भयो”, उनले भन्ने ।

अर्का कृषक शारदा रेग्मीले मकैको बोट हुर्कंनै नसक्ने अवस्था भएपछि प्रतिकिलो रु ५० मा युरिया खरिद गरेर राखिएको छ । मकैबालीमा विशेषगरी दुई पटक रासायनिक मल किसानले प्रयोग गर्दै आइरहेका छन् ।

कालोबजारीकै मुल्यमा भए पनि दोब्बर बढी मूल्य तिरेर किसानले मकै बालीमा राख्न बाध्य भएका छन् । “एकपटक त कालोबजारीकै भए पनि धेरै मूल्यमा मल खरिद गरियो तर अर्को पटक महँगो नै भए पनि किन्न खोज्दा बजारमा कतै पाएनौँ” रेग्मीले गुनासो गरेको छ ।

सहकारीमार्फत वितरण गर्ने युरिया मलको मूल्य प्रतिकिलो रु २० रहेको छ । कतिपय व्यापारीले मल अभावको मौका छोपेर कालोबजारीमा महँगो मूल्यमा बिक्री गर्दा किसान मर्कामा परिरहेका छन् ।

मकै बाली मात्रै नभएर व्यावसायिक पशुफार्म सञ्चालन गरेका किसान पनि मलको अभावमा मारमा परेका छन् । घाँसमा मल राख्न नपाउँदा पशु आहारमा समस्या परेको लक्ष्यधेनु उन्नत गाईफार्मका सञ्चालक गणेश आचार्यले गुनासो पोख्नुभयो ।

“ठूला पशुफार्म चलाएका व्यवसायीलाई उचित समयमा घाँसबालीमा मल दिन नपाउँदा पशु आहारमा सङ्कट परेको छ, महँगो मूल्यमा खरिद गरिएको दानाले मात्रै पशु आहार धान्नसक्ने अवस्था छैन, घाँस उत्पादन कम भएपछि पशु आहार कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ”, उनले भन्ने ।

होलस्टिक गाईभैँसी फार्मका सञ्चालक विष्णुमाया खड्काले पशु आहारका लागि मात्रै करिब ४० रोपनी जग्गामा घाँस र मकै लगाएको छ । मलको समस्याले घाँस र मकै सप्रन नसक्दा पशु आहार कसरी धान्ने भन्ने चिन्ताको भारी थपिएको उाले बताए । घाँस राम्ररी सप्रन नपाउँदा यतिबेला ठूला पशुफार्म सञ्चालकलाई पशु आहार व्यवस्थापनमासमेत सकस परेको छ ।

भारतीय कम्पनीले नेपाललाई दिने भनेको मल ‘फास्ट्र ट्रयाक’मा ल्याउने सम्बन्धमा सरकार लागिरहेको र यसका लागि प्रक्रिया अगाडि बढेको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीले बताए । उनले भन्ने, “भारतीय कम्पनीमार्फत नेपाललाई आवश्यकपर्ने रासायनिक मल दिने कुरा भइरहेको छ तर कसरी आयात गर्ने भन्ने विषयमा निधो छैन, ‘फास्ट्र ट्र्याक’मा १५ दिनभित्र मल ल्याउन सकिन्छ ।”

उनका अनुसार पाल्पालाई आवश्यकपर्ने मल कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा, साल्टटे«डिङ कम्पनी रुपन्देहीमा जानकारी गराइएको छ । मकै बालीमा युरिया मलको अभाव परिपूर्ति गर्न प्राङ्गारिक मल प्रयोग गर्न सकिन्छ तर धान रोप्ने समयमा मल आइपुगेन भने ठूलो समस्या निम्तिने हुँदा किसानले जतिसक्दो चाँडो मल व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् ।

तीन महिनादेखि युरिया मलको अभाव सिर्जना भएको विजयपुर कृषि सहकारी संस्था रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । सहकारीमा दैनिकजसो किसानले मलका विषयमा गुनासो लिएर आउने गरेको र असारको दोस्रो हप्तासम्म मल आइपुग्ने आश्वासन पाएको बताए ।

पाल्पामा ५३ वटा संस्थाले अनुमति लिएर रासायनिक मलको कारोबार गरिरहेका छन् । जिल्लामा हरेक वर्ष मलको खपत बढ्दै गएको पाइएको छ । आजभन्दा पाँच वर्षअघि वार्षिक एक हजार मेट्रिकटन मल खपत हुने गरेकोमा गत वर्ष दुई हजार मेट्रिकटन खपत भएको पाइएको छ ।

रासायनिक मलको प्रयोगले बर्सेनि माटोको उर्वराशक्ति घट्दै जाँदा मलको प्रयोग बढिरहेको छ । किसानले पनि अन्धाधुन्ध तरिकाले खेतबारीमा बालीनालीलाई चाहिनेभन्दा बढी मल प्रयोग गरेकाले खेतीयोग्य जमिन घटे पनि बर्सेनि मलको खपत बढ्दै गएको हो ।

स्थानीय समितिको सिफारिसबिना सहकारीले रासायनिक मलको कारोबार गर्न पाउँदैनन् । पालिका उपप्रमुखको संयोजकत्वमा समिति रहनेछ । सो समितिले छनोट गरेको कृषि सहकारीलाई मल वितरणका लागि अनुमति दिइन्छ ।

हरेक स्थानीय तहमा एक वडा एक कृषि सहकारीलाई मल बिक्रीवितरण गर्ने अनुमति दिइएको छ । यदि कृषि सहकारी संस्था नै नभएका ठाउँमा बचत तथा ऋण सहकारीलाई पालिकाले मल खरिद बिक्रीको अनुमति दिन सक्नेछ ।

कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले समयमा नै मल राख्न नपाएपछि यस वर्ष जिल्लामा मकै बालीको उत्पादन घट्ने अनुमान गरिएको बताए ।

कृषि व्यवसायमा उत्साहका साथ खेती गरेका किसान बोटबिरुवालाई उपयुक्त समयमा मलको प्रयोग गर्न नपाउँदा निराश बनेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह

सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In