• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सहकारीले उत्पादनमा केन्द्रित लगानी गर्ने


सहकारीले उत्पादनमा केन्द्रित लगानी गर्ने
Share on FacebookShare on Twitter

काठमाडौं । अन्धाधुन्ध घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दै आएका सहकारीले उत्पादन केन्द्रित लगानी गर्ने भएका छन्। बजेटमार्फत सरकारले सहकारीको ५० प्रतिशत लगानी उत्पादनमूलक तथा आयमूलक क्षेत्रमा लगाउनुपर्ने उल्लेख गरेसँगै बचत तथा ऋण सहकारी संस्थाले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको चौथो साकोस शिखर गोष्ठीले १२ बुँदे घोषणापत्र जारी गर्दै संकलित वित्तीय स्रोतलाई सदस्य मार्फत उत्पादनमूलक कार्यमा परिचालन गर्ने घोषणा गरिएको हो। गरिबी न्यूनीकरणका लागि सदस्यलाई वित्तीय एवम् प्राविधिक स्रोतमा पहुँच स्थापित गर्ने उल्लेख गरिएको छ। सदस्यमार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिंदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रतिबद्ध भएको घोषणापत्रमा उल्लेख छ।

१० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्ध हुने भएका छन्। गोएमएलमा नियमित प्रतिवेदन पेश गर्ने प्रतिवद्धता जनाएका हुन्। सहकारी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्न-गराउन प्रतिबद्ध भएको घोषणापत्रमा उल्लेख छ।

सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत सूचना प्रणाली (कोपोमिस) मा यहीँ असार मसान्तसम्म समष्टिगत र नियमित तथ्यांक विवरण अद्यावधिक गर्न प्रतिबद्ध भएको घोषणापत्रमा उल्लेख छ। सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न प्रतिबद्ध भएको जनाइएको छ।

साकोस सञ्जालमा एकरुपता कायम गरी साकोस अभियानमा विद्यमान जोखिम न्यूनीकरण एवम् प्रभावकारी सम्बोधनको लागि संस्था मार्फत प्रवाह गरिने वित्तीय एवम् गैरवित्तीय सेवालाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्न र विद्यमान दस्तावेजको डिजिटाइजेशन गरी सुरक्षित अभिलेख व्यवस्थापन गर्न प्रतिबद्ध भएको उल्लेख छ। साकोसमा विद्यमान जोखिमको पहिचान, मापन एवम् न्यूनीकरणका साथै संस्थाको गुणस्तर सुनिश्चितताका लागि केन्द्रीय संघले विकास तथा सञ्चालन गरेको नियमित अनुगमनको कार्यक्रममा सहभागी हुने प्रतिवद्धतता जनाइएको छ। स्थिरीकरण कोष आवद्ध भइ कोषको क्षमता विकासमा तोकिएबमोजिम योगदान गर्दै प्रभावकारी सञ्चालनमा कानुनी संरचना परिवर्तनको लागि सामुहिक पैरवी गर्न प्रतिवद्ध भएको उल्लेख गरिएको छ।

गरिबीको रेखामुनि रहेका लक्षित वर्गलाई वित्तीय पहुँच पुर्‍याउन वित्तीय साक्षरता मार्फत सामाजिक समावेशीकरण सहित वित्तीय मूलप्रवाहिकरणका लागि केन्द्रीय संघ मार्फत विकास गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाइएको छ। सहकारीको कर्म, मर्यादित श्रम भन्ने सोचका साथ जोखिमपूर्ण पेशामा संलग्न सदस्य एवम् संस्थामा कार्यरत कर्मचारीको पेशागत हितको संरक्षण र पेशागत सुरक्षा सहित कानुन बमोजिमका न्यूनतम सुविधाको सुनिश्चित गरी आत्मसम्मानयुक्त जीवन यापनको वातावरण निर्माण तथा पारिश्रमिक भुक्तानी गर्न प्रतिबद्ध भएको घोषणापत्रमा उल्लेख छ। संस्था र सदस्यमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनका लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न प्रतिबद्ध भएको उल्लेख गरिएको छ।

बचत तथा ऋण सहकारी संस्थाको प्रवर्द्धन, विकास, अनुगमन र स्वनियमन प्रणालीलाई प्रभावकारी बनाउन वित्तीय सहकारी ऐन जारी गराउन केन्द्रीय संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ। यसअघि घोषणा भएका साझा प्रतिवद्धता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ। दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम् साझा प्रविधि’ भन्ने मूल भावका साथ भएको गोष्ठीमा ९ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In