• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’
Share on FacebookShare on Twitter

१ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै क्षतिपूर्ति नदिँदा काठमाडौंको नयाँ बजारस्थित खुसीबु क्षेत्रका खानेपानी पाइपलाइन मर्मत र सडक पुनर्निर्माणमा ढिलाइ भएको छ ।

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार खानेपानी पाइपलाइनमा पुगेको क्षति मर्मत सम्भारका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको मर्मत एवं सडक पुनर्निर्माणका लागि प्राधिकरणबाट क्षतिपूर्ति रकम प्राप्त नहुँदा काम सम्पन्न गर्नमा ढिलाइ भएको आयोजनाका उपनिर्देशक एवं प्रवक्ता इन्जिनियर चन्द्रकुमार श्रेष्ठले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

पाइपलाइनको मर्मत सम्भार एवं सडक पुनर्निर्माणका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले पीआईडीलाई भुक्तानी दिने सम्बन्धमा पीआईडी र नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाबीच यसअघि नै सहमति भएको श्रेष्ठको भनाइ छ ।

नयाँ बजार जग्गा एकीकरण उपभोक्ता संघका अध्यक्ष लगायतका पदाधिकारीले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटासँग भेट गरी छिट्टै क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्न माग गरेका थिए । सो क्रममा निर्देशक सापकोटाले प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको क्षतिपूर्ति रकम प्राप्त नभएका कारण क्षति भएको खानेपानीको काम र सडकको पुनर्निर्माणमा ढिलाइ भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In