१ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो ।
बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
यस्तै बलेफी हाइड्रो, लाईफ इन्स्योरेनस कर्पोरेसनको सेयर मूल्य ८ प्रतिशत बढीले घट्यो । धेरै कारोबार हुने प्रमुख तीन कम्पनीमानेपाल टेलिकम, हिालयम डिस्टीलरी र बैंक अफ काठमाडौ छन् । यी कम्पनीको क्रमशः १२ करोड, ५ करोड २८ लाख र ५ करोड १६ लााख मूल्य बराबरको सेयर खरिद बिक्री भएको थियो ।
Discussion about this post