• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

काठमाडौंका आकर्षक १० ब्याङ्क्वेट, भोजभतेर गर्न कति खर्च लाग्छ ?


काठमाडौंका आकर्षक १० ब्याङ्क्वेट, भोजभतेर गर्न कति खर्च लाग्छ ?
Share on FacebookShare on Twitter

काठमाडौं । विवाहलाई सुखद र स्मरणीय बनाउन भोजभतेर खुवाउने प्रचलन सदियौंदेखि चल्दै आएको छ । नातेदार, इष्टमित्र, छिमेकी र साथीभाइलाई आमन्त्रण गरेर हार्दिकतापूर्वक मीठोमसिनो व्यञ्जन खुवाउने यो क्रम सामाजिक संस्कारकै एउटा हिस्सा बनेको छ ।

विगतमा पनि बिहे भोजको तामझाम कम रमाइलो हुँदैनथ्यो । घरआँगनमा भतेर लगाएर आगन्तुकहरुलाई भरपेट खुवाउने गरिन्थ्यो । फराकिलो फाँट वा आँगनमा खानपानको बन्दोबस्ती गरिन्थ्यो । सुकुलमा पलेंटी कसेर बसी टपरीमा भोज खाने चलन थियो ।

अहिले यसको स्वरुप फेरिंदैछ । विवाह वा कुनै पनि भोजभतेरका लागि ब्याङ्क्वेट एवं पार्टी प्यालेस उपलब्ध छन्, खासगरी सहरी क्षेत्रमा । यी ब्याङ्क्वेटहरुमा सुविधाजनक ढंगले भोजभतेरको आयोजना गर्न सकिन्छ । अतः सहज र छरितोका लागि यस्तै ब्याङ्क्वेटमा भोज गर्ने क्रम बढ्दो छ ।

ब्याङ्क्वेटमा विवाह वा कुनै किसिमको भोजभतेर गर्न कति खर्च लाग्छ ? यसमा ग्राहकले चाहे अनुसारको व्यञ्जन र सहभागी हुने आगन्तुकको संख्यालाई आधार बनाएर निक्र्योल गर्न सकिन्छ । यद्यपि चलनचल्तीको हिसाबले भोजभतेर खुवाउँदा प्रतिव्यक्ति लाग्ने खर्चको आधारमा यहाँ भोजभतेरको खर्च विवरण पेश गरिएको छ ।

त्यसो त काठमाडौंमा अनगिन्ती ब्याङ्क्वेट वा पार्टी प्यालेस सञ्चालनमा छन् । हेर्दा आकर्षक, छरितो सेवा सुविधा, स्वादिष्ट व्याञ्जनसहित यी ब्याङ्क्वेटले आगन्तुकलाई आमन्त्रण गरिरहेका छन् । त्यसमध्ये यहाँ १० ब्याङ्क्वेटको सुविधा र त्यहाँ भोजभतेर गर्दा लाग्ने औसत खर्चबारे उल्लेख गरिएको छ ।

अनुपम फुडल्याण्ड, बत्तीसपुतली

२०७२ सालदेखि काठमाडौंको बत्तीसपुतलीमा सञ्चालनमा आएको अनुपम फुडल्याण्ड ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रवेशद्वार सानो लागे पनि भित्र यसको क्षेत्र फराकिलो छ ।

फुडल्याण्डका म्यानेजर सन्तोष खतिवडाका अनुसार हरियाली वातावरण भएको यस फुडल्याण्डमा कार्यक्रमका लागि तीनवटा हल उपलब्ध छन् । अनुपम फुडल्याण्डमा प्रतिव्यक्ति १५ सयदेखि २ हजार रुपैयाँ पर्छ । जसमा स्न्याक्स, खाना, कोल्ड डिं«क र डिजर्ट पर्छन् । मदिराको व्यवस्थापन भने आफैंले गर्नुपर्छ ।

डिजेइङको लागि १५  हजार देखि २० हजार अतिरिक्त खर्च गर्नुपर्छ । प्रकाश व्यवस्था र सजावट भने आफ्नो इच्छाअनुसार गर्न सकिने खतिवडा बताउँछन् । यहाँ २५ सय जनासम्मले एकैचोटि खाना खान सक्छन् ।

पार्किङका लागि मात्रै १२ रोपनी जग्गा छुट्याएको यहाँ ४०० वटासम्म चारपाङ्ग्रे गाडी र ६०० वटासम्म दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । झोलरहित मटन खाना यहाँको रुचाइएको खानेकुरा हो । विभिन्न १७ आइटमका खाना यहाँ उपलब्ध हुन्छन् ।

कार्की ब्याङ्क्वेट, बबरमहल

२०७१ सालमा खुलेको कार्की ब्याङ्क्वेट राजनीतिक दलका कार्यक्रमका कारण पनि चर्चित छ । यहाँ विभिन्न दलले कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । साथै यहाँको खाना र आतिथ्यले पनि धेरैलाई लोभ्याएको पाइन्छ ।

सहरको कोलाहलभन्दा केही शान्त स्थानमा रहेको कार्की ब्याङ्क्वेटमा चारैतिर रुखविरुवाले सजाइएको छ । जसका कारण यहाँ आउने पाहुनाले शीतल महसुस गर्छन् । फराकिलो भवन तथा व्यवस्थित पार्किङका कारण यहाँ आयोजना हुने पार्टीमा आउन पाहुनाहरुलाई सहज हुन्छ ।

यहाँ मदिराबाहेक १८ सय ६५ रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध हुन्छ । एकैपटक १५ जनालाई खाना खुवाउन सकिने सुविधा आफ्नो ब्याङक्वेटमा रहेको सञ्चालक बताउँछन् । यहाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरेर १५० वटा सवारी साधन पार्किङ गर्न सकिन्छ । डिजेइङ र सजावटको खर्च भने छुट्टै तिनुपर्छ ।

अनमोल ब्याङ्क्वेट, शंखमूल

२०५८ सालमा सञ्चालनमा आएको अनमोल ब्याङ्क्वेट करिब ६ रोपनी क्षेत्रफमा फैलिएको छ । म्यानेजर तेजेन्द्र राजभण्डारीका अनुसार सही व्यवस्थापनका लागि यहाँ एक दिनमा एउटा मात्रै इभेन्ट गरिन्छ ।

यहाँ मदिराबाहेक १६ सय रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध गराइन्छ । चारपाङ्ग्रे ६० तथा सय वटा दुईपाङ्ग्रे सवारी साधन एकपटकमा यहाँ पार्किङ गर्न सकिन्छ । एकैचोटि २ हजार जनाले ब्याङक्वेटमा खाना खान सक्ने म्यानेजर राजभण्डारी बताउँछन् । डिजेइङ, लाइटिङ र सजवाटको खर्च छुट्टै व्यवस्थापन गर्नुपर्छ ।

लर्ड प्यालेस, धापासी

लर्ड प्यालेसको आधुनिक र आकर्षक डिजाइनका कारण पार्टी आयोजना गर्ने जोकोहीलाई तान्छ । साढे चार रोपनी क्षेत्रफलमा फैलिएको यो पार्टी प्यालेसमा दुईवटा ठूला हल उपलब्ध छन् ।

म्यानेजर कृष्ण भण्डारीका अनुसार यहाँ मदिराबाहेक प्रतिव्यक्ति १५ सय ५० देखि दुई हजार रुपैयाँमा खाना उपलब्ध गराइन्छ । गोल्डेन, डायमण्ड र प्लाटिनम सूचीमा खानालाई राखेर सेवा दिइने गरिएको भण्डारी बताउँछन् । जसअनुसार गोल्डेनको १५ सय ५०,  डायमण्ड १७ सय ५० र प्लाटिनमको २ हजार रुपैयाँ पर्छ ।

एकैपटकमा १२ सय जनाले खाना खान सक्ने लर्ड प्यालेसमा ७० वटा गाडी र १३० वटा मोटरसाइकलको पार्किङ क्षमता छ ।

सासा ब्याङ्क्वेट, नयाँ बजार

एक दशकदेखि सेवा दिंदै आएको सासा ब्याङ्क्वेट चार रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ एकैपटक दुईवटा समेत कार्यक्रम आयोजना गर्न सकिन्छ । फराकिलो र मूल सडक नजिकै भएकाले आवतजावतमा भने सहज छ । सासा ब्याङ्क्वेटमा प्रतिव्यक्ति १५ सयदेखि २ हजार रुपैयाँमा खाना उपलब्ध हुन्छ । मदिराको मूल्य भने यहाँ पनि छुट्टै तिर्नुपर्छ ।

यस्तै डिजेइङ र  लाइटिङका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसका लागि १५ देखि २५ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ । यहाँ एकपटकमा ५०० जनासम्मले खाना खान सक्छन् भने एक सय मोटरसाइकल र ४० वटा गाडीको पार्किङ क्षमता छ ।

रोयल ब्याङ्क्वेट, तीनकुने

सन् २०१५ देखि सञ्चालनमा आएको रोयल ब्याङ्क्वेटको पार्टी प्यालेसका साथै रेस्टुरेन्ट पनि हो । विशेषगरी भारतीय खानाको परिकारका लागि यो चर्चित छ ।

१६ देखि १८ सय रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध गराइने यहाँ एकैपटकमा १५ जना बसेर खाना खान सक्छन् ।  मदिराको व्यवस्थापन भने आफैंले गर्नुपर्छ । ब्याङ्क्वेटका म्यानेजर अनिल भारतीका अनुसार टिमुर चिकेन, चिकेन साती, भेजिटेबल मन्चुरियन, दाल मखनी यहाँका रुचाइएका परिकार हुन् ।

रोयल ब्याङ्क्वेटमा ६० वटा मोटरसाइकल र ५० वटासम्म गाडी पार्किङ गर्न सकिन्छ ।

बानेश्वर ब्याङ्क्वेट, नयाँ बानेश्वर

२०६७ सालमा खुलेको बानेश्वर ब्याङ्क्वेट ‘प्राइम लोकसेन’मा रहेकाले जोकोहीलाई सहज हुन्छ । सञ्चालक रमेश चालिसेका अनुसार यहाँ ग्राहकको चाहना अनुसार सुपथ मूल्यमा खाना तयार गरेर सेवा दिइन्छ ।

मदिराबाहेक यहाँ प्रतिव्यक्ति १३ सय ५६ रुपैयाँमा खाना उपलब्ध हुन्छ । यहाँ ७५ हजार रुपैयाँदेखि पार्टी आयोजना गर्न सकिने चालिसे बताउँछन् । डिजेइङ, लाइट र डेकोरेसनको छुट्टै खर्च गर्नुपर्ने हुन्छ । यहाँ एकपटकमा एक सय जनाले खाना खान सक्छन् भने ६५ वटा मोटरसाइकल र ८० वटा गाडी पार्किङ गर्न सकिन्छ ।

इम्पेरियल ब्याङक्वेट, चावहिल

चार वर्षअघि इम्पेरियल ब्याङ्क्वेट २५ हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । चक्रपथदेखि दुई सय मिटरमा अवस्थित यो ब्याङ्क्वेटबाट काठमाडौं उपत्यकाको दृश्यलाई नियाल्न सकिने म्यानेजर अशोक जीसी बताउँछन् ।

यहाँ सिल्भर, गोल्ड र डायमण्ड गरी तीन प्याकेजमा खाना उपलब्ध गराइन्छ । सिल्भरमा १६ सय, गोल्डेनमा १८ ससय ५०  र डायमण्ड २४ सय रुपैयाँ ताकिएको छ । यहाँ पनि मदिराको छुट्टै व्यवस्था गर्नुपर्छ । इम्पिरियलमा सजावटका लागि भने छुट्टै व्यवस्थापन गर्नुपर्दैन ।

यहाँ १५० वटा मोटरसाइकल र २५० वटा गाडी पार्किङको क्षमता छ भने ६०० जनाले एकैपटकमा खाना खान सक्छन् ।

क्लासिक भेन्यु, सानेपा

२०७५ सालमा खुलेको क्लासिक भेन्युको सजावट निकै शानदार छ । पाहुनाको स्वागत सत्कारमा कुनै कमी नराखी सेवा दिंदै आएको म्यानेर सूर्यप्रसाद डंगोल बताउँछन् । यहाँ प्रतिव्यक्ति २ हजार देखि २५ सय रुपैयाँमा खाना उपलब्ध गराइन्छ । यसैगरी सामान्यतया १० हजार रुपैयाँमा सजावट गर्न सकिन्छ भने ३० देखि ४० हजार डिजेइङ खर्च लाग्छ ।

क्लासिक भेन्युमा एकैपटक ६०० जनाले खाना खान सक्छन् भने ९५ वटा गाडी र २०० वटा मोटरसाइकल पार्किङ गर्न सकिन्छ ।

स्मार्ट प्यालेस, चुच्चेपाटी

एक वर्षअघि सञ्चालनमा आएको स्मार्ट प्यालेसले छोटो समयमै धेरैको मन जित्न सफल भएको सञ्चालक बाबुराम कार्की बताउँछन् । यहाँ प्रतिव्यक्ति २ हजार २६० रुपैयाँमा खाना उपलब्ध हुन्छ । सजावट, डिजेइङ तथा लाइटिङको व्यवस्था आफैंले व्यवस्थापन गर्नुपर्छ ।

यहाँ २०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने क्षमता छ ।

तस्वीर : सम्बन्धित ब्याङ्क्वेटको फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # जीवनशैली
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

गुलाबको फूल : अनेक किस्सा

गुलाबको फूल : अनेक किस्सा

पर्यटकीय गाउँ सिक्लेस

पर्यटकीय गाउँ सिक्लेस

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

kewrat

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...