• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या


समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या
Share on FacebookShare on Twitter

बैतडी, असार ६ गते । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए ।

रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उनले भन्ने, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उनले भन्ने, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ । ”रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उनले भन्ने, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”

यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भनेको छ, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आएको छ ।

”जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।

धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In