• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विदेशबाट फर्किएर अङ्गुर खेती


विदेशबाट फर्किएर अङ्गुर खेती
Share on FacebookShare on Twitter

९ असार, काठमाडौं । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौ’’ भन्ने भावना त्यसबेला नै पलाएको थियो ।

निरन्तरको स्वअध्ययन, परीक्षण, मेहेनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ । जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल भएका छन् ।

नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरुप व्यावसायिकरूपमा अङ्गुर खेती तथा प्राकृतिक (अर्ग्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यातसमेत गर्ने र त्योसँगै जोडिने नयाँ पर्यटनको अवधारणासहित कार्कीले काम गरिरहेका छन् ।

नेपालको हावापानी अनुकूल हुने अङ्गुरका प्रजाति तथा यस खेतीका लागि उपयुक्त स्थानको छनोटदेखि उद्योग स्थापनाका क्रममा कार्की र उनको समूहले व्यहोरेका सङ्घर्ष र सफलताका कथाका पानाहरू बढ्दै गएका छन् ।

परीक्षणका रूपमा सुरु भएको अङ्गुर खेती हाल आएर उद्योगसम्म फैलिएर व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ । अङ्गुर खेतीका लागि जापानबाट विभिन्न प्रजातिका बिरुवाहरू आयात गरी जापानी विशेषज्ञ र अन्य साथीहरूको सहयोग र परामर्शमा व्यवसायी कार्कीले विसं २०६४ मा नेपालको पहिलो भिनयार्ड स्थापना गरे । त्यसअघि कार्कीले पर्यटन व्यवसायलाई टेवा दिने र स्थानीय रोजगारी बढाउने लक्ष्य लिएर विसं २०६८ मा थानकोटमा पातलेवन रिसोर्टको स्थापना गरे ।

जापानको एक ट्राभल एजेन्सीमा कामसमेत गर्दै विभिन्न कृषि उत्पादन क्षेत्रमा घुमफिरपछि कार्की नेपालमा अङ्गुर खेतीबारे ओकाइयामा विश्वविद्यालयका प्राध्यापकसँगको सम्पर्कमा पनि पुगेका थिए ।

उनले धेरै पानी परिरहने नेपालको एक वर्षसम्मको हावापानीको विवरण जापानी विज्ञलाई दिएर कति उचाइको जमिनमा कुन मौसममा कस्ता प्रजातिका अङ्गुर खेती गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गराएका थिए ।

कार्कीले पातलेवनस्थित रिसोर्टकै बारीमा सन् २००७ मा जापानबाट २०० बिरुवा ल्याएर नमूनाका रूपमा अङ्गुर खेती सुरु गर्नुका साथै यही बीचमा उनले फ्रान्स, स्वीटजरल्याण्डलगायतका मुलुकमा पनि यसबारे अध्ययन गरे । त्यसबाट नेपालमा मनसुन अगाडि टिप्ने गरी अङ्गुर खेती गर्न सकिन्छ भन्ने पत्ता लाग्यो । यी कुराहरू पहिचान भएपछि कार्कीले आफ्नो लगानी विस्तार गरे ।

अहिले यही समूहले व्यावसायिक साझेदार जुटाउँदै धादिङको थाक्रे गाउँपालिका–८ को काउले र वडा नं १० को काउले, धुनीबेँसी नगरपालिका–८ को मछिन्द्र्रावनमा गरी करिब ४०० रोपनीमा अङ्गुर खेती गरिरहेको छ । निकट भविष्यमा तनहुँको घिरिङ गाउँपालिकामा १०० रोपनी जग्गामा अङ्गुर खेती सुरु हुँदैछ । त्यहाँ घिरिङ भाइनयार्ड एग्रो रिसर्च सेन्टर प्रालिको स्थापना गरिएको छ ।

अङ्गुरबाट नेपाली प्राकृतिक स्वादको वाइन बनाउन सकिने र यसलाई विदेशमा समेत निर्यात गर्न सकिने लक्ष्यका साथ कार्कीले विसं २०६८ मा पातलेवन भाइनयार्ड वाइनरी कम्पनी खोले ।

सरकारबाट इजाजत लिएपछि उत्पादनको काम थाल्न तथा इटाली, भारत र जर्मनीबाट मेसिनहरू ल्याउनसम्मका अनेक चुनौती खेप्दै अहिले थाक्रेको काउलेमा उत्पादन केन्द्रको नयाँ भवन निर्माणसहित नियमित काम हुन थालेको छ । उनले हालसम्म यस उद्योगमा करिब रु ५० करोडको लगानी गरिसकेका छन् ।

बेर्ना रोपेको तीन वर्षमा फल लाग्ने अङ्गुरमा हुने किराहरू मार्न आवश्यक पर्ने डरमेक्स केमिकल ल्याउनका लागि उद्योगले चुनौती झेलिरहेको छ । कम्पनीका अध्यक्ष कार्की युरोपेली मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा उत्पादित गोर्खा वियरलाई चाख्न खोजेजस्तै वाइन र जुस उत्पादनमा आफैं अङ्गुर खेती गरेर त्यसबाट गर्ने पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने विश्वास व्यक्त गर्छन् ।

स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी वाइनलाई प्रतिस्थापन गर्न सकिने कार्कीको भनाइ छ । नेपालमा वाइन उत्पादन गर्ने कम्पनीहरूले यसअघि भारतबाट समेत अङ्गुर ल्याउने गर्दथे । रेड र ह्वाइट वाइनको प्रति बोतल रु एक हजार २०० पर्छ । यी उत्पादनलाई भारत र पोर्चुगलमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

विदेशबाट बिरुवा र विशेषज्ञ ल्याएर अध्ययन

यस समूहले व्यवसाय विकास र विस्तार गर्ने सोचले अनुसन्धान गर्ने सिलसिलामा विसं २०७० मा धादिङमा जर्मनी र स्वीटजरल्याण्डबाट उन्नत जातका बिरुवा आयात गरी काउले भिनयार्ड सुरु गरेको दुई वर्षपछि धादिङको केवलपुरमा अर्को पातलेवन भिनयार्डको स्थापना गरिएको थियो । यहाँ अहिले ३०० रोपनीमा २५–३० जातका अङ्गुर खेती गरिएको छ ।

यी स्थानमा हालसम्म गरेर रु ५० करोडको लगानी भइसकेको छ भने स्थानीय ५० जना स्थानीयवासीले दैनिक ज्यालादारीमा रोजगारी पाउन थालेका छन् । ‘अङ्गुर खेती र वाइनको गुणस्तरमा विकास गर्नुपर्छ भन्ने सोच लिएर केही रकम तिरेर हामीले स्वीटजरल्याण्ड र जर्मनीबाट वाइन विशेषज्ञ झिकाइ कामदारहरूलाई अङ्गुर खेती र वाइनसम्बन्धी तालिम प्रदान गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएका छौँ’, व्यावसायी कार्कीले भने ।

रोचक कुरा के छ भने चितवनस्थित कृषि तथा वन विश्वविद्यालयका अध्यापकले नेपालको हावापानीमा व्यावसायिक अङ्गुर खेती सम्भव नहुने भनेर विद्यार्थी पढाउँदै आएका थिए । धादिङको यो प्रयोग र सफलताले विश्वविद्यालयको त्यो सीमित ज्ञानलाई गलत सावित गरेको छ ।

अङ्गुर खेतीसम्बन्धी भारतीय विशेषज्ञ सुनिलकृसन सिन्धेले चार वर्षअघि डोल्पामा आएर यहाँको हावापानी, भू–बनोट, माटोसमेत परीक्षण गरेर जम्बो सिडलेक्स नामक कालो अङ्गुर, सोनाका जातको हरियो अङ्गुर र ड्रागन नामक फलको खेती उपयुक्त हुने सुझाएका थिए ।

व्यावसायी कार्कीले विदेशमा अङ्गुर खेती तथा वाइनसम्बन्धी अध्ययनसमेत गरेर नेपालमा मनसुन अगाडि टिप्ने गरी अङ्गुर खेती गर्नुपर्ने पहिचान गराए। यी कुराहरू पहिचान भएपछि उद्योगका भिनियार्ड प्रालिका कार्कीले आफ्नो लगानी र व्यावसायिक साझेदारी जुटाउँदै विसं २०७५ मा ध्रुवकुमार खत्री र जनपाल थापासहितको समूह खडा गरी आधुनिक वाइन सेलरको निर्माण गरे ।

नेपालमा उत्पादित एक मात्र आफ्नै बगानबाट फलेको अङ्गुरले वाइन र जुस उत्पादन गर्ने नेपालको पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान दिनेमा कार्की विश्वास व्यक्त गर्छन् ।

स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी रेड र ह्वाइट वाइनलाई प्रतिस्थापन गर्न आफूहरूको उत्पादन समर्थ हुने कार्कीको भनाइ छ । यी उत्पादनलाई छिमेकी मुलुक भारत, चीन तथा अन्य देशहरूमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

आगामी पाँच वर्षभित्र वार्षिक तीन लाख बोतल उत्पादन लक्ष्य लिएको सो उद्योगले हाल वार्षिक एक लाख बोतल वाइन उत्पादन गर्छ । उद्योगका साझेदार खत्रीले अङ्गुर खेतीको विस्तारसँगै वाइनको उत्पादन क्रमशः बढ्ने बताए । संयुक्त राज्य बेलायतमा काम गरेर स्वदेशमै आर्थिक समृद्धिमा सामेल हुन खत्री र थापा चार वर्षअघि सो उद्योगमा जोडिएका हुन् ।

व्यावसायका कठिनाइ र सम्भावना

आफ्नो युवावस्थाको लामो समय बलिदान गरी सधैं स्थलमा खटिनुभएका कार्कीले कतिपय सरकारी नीति अवैज्ञानिक र अव्यावहारिक तथा व्यवहार भएकाप्रति दुःखेसो पोखे । नेपाल सरकार, अर्थ मन्त्रालयको अन्तःशुल्क नियमावली, २०७६ ले निर्धारित गरेको नयाँ प्रतिलब्धि दर ताजा फलफूल तथा अङ्गुरबाट वाइन उत्पादन गर्दा प्रतिकेजी फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १.५ लिटरका दरले उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसले आफ्नो उद्योगलाई प्रत्यक्ष असर परेको भनाइ कार्कीको छ । यस खेतीलाई आवश्यक पर्ने बेर्ना तथा सिफा, छरिसजस्ता सामान विदेशबाट झिकाउँदा कठिनाइ हुने गरेको छ । आवश्यक प्ल्याटिक तथा हेलनेट आयातमा महँगो भन्सार शुल्क लगाइएको छ । समयमा मल उपलब्ध नहुनुजस्ता समस्या पनि देखिएको छ ।

कृषिमा सरकारी अनुदानको चर्चा धेरै भए पनि त्यो त्यति व्यावहारिकरुपमा लागू नभएका उद्योगका सञ्चालकको अनुभव छ । बैंकबाट लिइने कृषि सहुलियत कर्जाको अवधि पाँच वर्ष कायम गरिएको छ, जुन फलफूल खेतीका सन्दर्भमा लागू हुन कठिन हुन्छ ।

फलफूल रोपिएको तीन–चार वर्षपछि मात्र उत्पादन सुरु हुने र त्यसको आम्दानी त्यतिबेला मात्र प्राप्त हुने हुँदा दोस्रो वर्षदेखि ऋण फिर्ता गर्न असम्भव हुने कार्कीले बताए।

उद्योगले नेपालको हावापानी सुहाउँदो वाइन तथा टेबल अङ्गुर (फ्रेस खान सकिने) को प्रजातिको पहिचान गरी उपयुक्त बाँझो जमिनमा खेतीको विस्तार गर्ने र हावापानी अनुकूल प्रजातिका बेर्ना नर्सरी स्थापना गरी बेर्ना उत्पादन गरेर कृषक तथा व्यवसायीलाई बिक्री वितरण गर्ने योजना लिएको छ ।

अन्तराष्ट्रिय बजारका लागि उच्चस्तरीय तथा अर्गानिक वाइन उत्पादन गरी पर्यटकीय होटल तथा रेस्टुरेन्टका साथै स्थानीय बजारमा बिक्री वितरण र विदेशी वाइन आयात प्रतिस्थापन गर्ने साथै भविष्यमा नेपाली ब्राडिङसहित निर्यात गर्नेसमेत लक्ष्य यो उद्योगले लिएको छ ।

यस्तै वाइनटुर तथा भाइनयार्ड टुर सञ्चालन गरी रिसोर्टको स्थापनासहित अन्तराष्ट्रिय पर्यटक नेपाल भित्र्याई ग्रामीण क्षेत्रमा रोजगारी वृद्धि गर्ने लक्ष्य त छँदैछ । कृषिप्रधान नेपालमा कृषिका साथै उद्योग, पर्यटन र व्यवसायमा प्रत्यक्ष रोजगारी सिर्जना गरी युवाहरूको विदेश पलायनमा न्यूनीकरण, देशको आर्थिक तथा सामाजिकस्तर उन्नतिमा टेवा दिन आफूहरू सक्रिय रहने कार्कीको भनाइ छ ।

उनले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारलाई विद्यमान समस्याहरू कृषि बेर्ना झिकाउन, कृषि औजार र औषधि आयातमा सहजीकरण गरिदिन तथा उद्योगतर्फ वैज्ञानिक तथा अन्तराष्ट्रिय मापदण्डअनुसार नीति निर्माण र ब्राण्डिङ दर्ता प्रक्रियामा सहजीकरणका लागि आग्रह गरे ।

बृहत् कृषिका लागि जग्गा खरिदमा हदबन्दीको सीमा पनि व्यवसायका लागि अर्को चुनौती बन्ने गरेको छ । हदबन्दी फुकुवा भएर बाँझो सरकारी जग्गा भाडामा उपलब्ध गराउने तथा कृषिको प्रकृतिअनुरुप कृषि ऋणको निर्धारण हुनुपर्ने देखिन्छ ।

सो समूहले भविष्यमा धादिङमा व्यावसायिक पशुपालन र रिसोर्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ । सञ्चालक खत्रीले स्थानीय किसानलाई व्यावसायिक अङ्गुर खेतीमा प्रोत्साहन र सीप तथा प्रविधि सहयोगमा पनि आफूहरूले काम गर्ने बताए ।

हालसम्मको अध्ययनबाट नेपालमा ४०० देखि एक हजार मिटरसम्मको उचाइमा अङ्गुर खेती उपयुक्त हुने देखिएको छ । विश्वमा १० हजार प्रजातिका अङ्गुर रहेकामा नेपालमा सेतो अङ्गुरतर्फ जर्मनीको सोलासिज र मस्कारिज, ओरिबोन, फ्रान्सको स्याडोनी, रातोतर्फ फ्रान्सको क्याबेनिर, मेर्लोट आदि बढी उपयुक्त हुने पाइएको छ ।

सो उद्योगले हाल ४० प्रजातिका अङ्गुर लगाएको छ । पानी वा असिना पर्दा अङ्गुरको बोट र फललाई झार्न सक्ने भएकाले माथिबाट कडा खालको जालीले छोप्नुपर्ने यहाँको सिकाइ देखिन्छ ।

प्रदेश सरकारको सहयोग

स्थानीय रोजगारी वृद्धि र व्यावसायिक खेतीको विस्तारका लागि प्रोत्साहन दिन मेसिन खरिद र नर्सरी निर्माणका लागि बाग्मती प्रदेश सरकारले प्रदेशकै ठूलो फार्मको मान्यतासहित रु एक करोड ५० लाख अनुदानको निर्णय भएकामा नर्सरी सुरु नभएकाले सबै अनुदान प्राप्त भइसकेको छैन ।

उद्योगमा हाल ५० जना कर्मचारी कार्यरत छन् भने एक किलो अङ्गुरबाट ७५० मिलिलिटर (एक बोत्तल) वाइन उत्पादन हुने गरेको छ । बागमती प्रदेश सरकारको कृषि निर्देशनालयबाट प्रोत्साहनस्वरुप पातलेवन मातहतको केवलपुर एग्रो फार्म प्रालिले कृषि अनुदान पाएको थियो । तर कोभिड –१९ का कारणले गर्दा सबै कामहरू सोचेअनुरुप गर्न नसकिएको कार्कीले बताए ।

कर्णाली प्रदेश र त्यहाँ स्थानीय सरकारले पनि वाइन उद्योगलाई सहयोग गर्दै आएका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले टिमुरको वाइन उत्पादन गर्न थालेको छ।

उद्योगमा ब्राजिलबाट ल्याइएको रासायनिक पदार्थबाट डिमुरको वाइन तयार पारिएको छ। अहिलेसम्म करिब रु नौ करोड लगानी भएको उद्योगमा नगरपालिका र प्रदेश सरकारले रु दुई करोड ४६ लाख लगानी गरेको छ ।

कालो अङ्गुरका फाइदा

त्यसो त हरेक फलफूल स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । कालो अङ्गुरमा भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता तत्वहरू भएकाले कालो अङ्गुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुने जानकारहरू बताउँछन् ।

यस अङ्गुरमा पाइने फ्लेवेनाइड्स तथा एसपिरीनले मानिसलाई हृदयघातबाट बचाउने र शरीरमा रगत जम्नबाट रोक्ने गर्दछ । यसले शरीरमा आएको फोकाफोकीलाई सुकाउँछ भने दैनिकरुपमा कालो अङ्गुरसेवन गरे स्मरण शक्ति बढाउँछ ।

कोलस्ट्रोल नियन्त्रण गरेर मुटुलाई फाइदा पुर्‍याउन पनि यो उपयोगी हुने चिकित्सकहरूको भनाइ छ । क्यान्सर रोगबाट बचाउन र रुघाखोकी लाग्नबाट पनि यो फाइदाजनक छ । कालो अङ्गुरको नियमित सेवनले यसमा पाइने ग्लुकोजको मात्राले शरीरलाई स्फूर्ति जगाउने, पाचन प्रणालीमा सघाउने तथा आँखा, कपाल र छालाको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कृषि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा बिउ पुजी वितरण

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

ओमानबाट थप पाँच हजार मेट्रिक टन मल आयात

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In