पोखरा : पोखरा २५ हेमजाको सुइँखेतको फाँटमा बनेका घरहरु मुसलधारे वर्षापछि डुबानमा परेका छन्। नजिककै सुइँखेत खोलासमेत बस्तीमा पसेको छ।
त्यहाँका करिब ६०० घरमा भलबाढी र पानीको प्रभाव परेको पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए। गएराति साढे ११ बजेदेखि घरहरु डुबानमा पर्न थालेको तिमिल्सिनाले बताए।
उनका अनुसार मुसलधारे पानीपछि बाढी र पहिरो सुरु भएको थियो। ‘राति नै मानिसहरु आफन्तका घरतिर सर्नुभयो, कोही मन्दिरतिर जानुभयो’, उनले भने, ‘घरहरु, कृषि फर्महरुमा क्षति पुग्यो, तर अहिले विस्तारै पानी घट्दै गएको छ।’
Discussion about this post