• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ठेकेदार गायब, सडक कालोपत्रे अलपत्र


ठेकेदार गायब, सडक कालोपत्रे अलपत्र
Share on FacebookShare on Twitter

रामेछाप : सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य निर्माण व्यवसायीले बीचमै अलपत्र छाडेर हिँडेपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ। सडक हिलाम्मे भएर पैदलयात्रीलाई समेत समस्यामा पारेको छ।  कालोपत्रे गर्न  सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि यातायात सञ्चालनमा समस्या भएको हो।

वर्षा सुरु भएसँगै सडक ठाउँठाउँमा पहिरो जाने र भासिनाले खाल्डो बनेपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो। सडककै कारण विभिन्न बस्तीहरूसमेत जोखिममा परेका थिए। स्थानीय बासिन्दा चिन्तित भएका छन्। वर्षाको समयमा कतिबेला सडक भासिने हो भन्ने चिन्ता छ स्थानीय कृष्णकुमारी खत्रीलाई। त्रासै त्रासमा बस्न बाध्य भएको उनी बताउँछिन्।

भारतीय एक्जिम बैंकको सहयोगमा करिब डेढ वर्षअघि कालोपत्रेको काम सुरु गरिएको थियो। तर, बीचमै काम छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको हो। निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि मजदुहरू घरभाडा समेत तिर्न नसकेर रित्तो हात घर फर्किएका छन्। यता घरबेटीलाई भाडा कहिले उठ्ने हो भन्ने चिन्ता छ। ७ लाखभन्दा माथिको रकम उठाउन बाँकी रहेको कामदार र निर्माण व्यवसायीका कर्मचारीलाई खाना खुवाएकी र बासस्थानको व्यवस्थापन गरेकी कृष्णकुमारी श्रेष्ठको गुनासो रहेको छ। कहिले उठ्छ आफ्नो पैसा भन्नेमा चिन्तित छिन् कृष्णकुमारी।

निर्माण व्यवसायीको लापरवाहीका कारण सडक अस्तव्यस्त हुँदा यातायात सञ्चालनमा अवरोध भएपछि सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको यातायात व्यवसायीको गुनासो छ। सवारी साधन सहजै चलाउन समेत कठिन भएको यातायात व्यवसायी  गणेशबहादुर खत्री  बताउँछन्। यात्रुबाहक सवारीसाधन सडक हिलाम्मे भएका कारण चिप्लिनुका साथै हिलोमा फस्ने गरेको खत्रीको गुनासो छ। निर्माण व्यवसायीको लापरबाही र नियमन गर्ने निकायको लापरबाहीले सार्वजनिक संरचना समेत जोखिममा परेको छ। सडक निर्माण एवं विस्तारका क्रममा सयौं ऐतिहासिक एवं पुरातात्विक संरचना ध्वस्त भएका छन्। सडकको भित्ता काटेर छोडिँदा रामेछाप नगरपालिका–२ को कालिकादेवी माध्यमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको छ। स–साना बालबालिकालाई स्कुल आउनसमेत समस्या भएको कालिकादेवी माविका प्रधानाध्यापक ऋषि खड्का बताउँछन्। प्रअ खड्का भन्छन्, ‘भवन त जोखिममा प¥योप¥यो तर विद्यार्थीलाई समेत जोखिम मोलेर आउनुपर्ने बाध्यता छ।’

सडक निर्माण गर्दा भत्काइएका संरचना र उत्पन्न हुने विपद्को जिम्मा स्वयं आयोजनाले लिनुपर्ने रामेछाप नगरपालिकाको भनाइ छ। निर्माण व्यवसायीलाई सम्पर्कमा आउन र मजदुरको पारिश्रमिक तत्काल उपलब्ध गराउने पत्र पठाइसकेको रामेछाप नगरपालिकाले जनाएको छ। अलपत्र सडक निर्माणका क्रममा भत्काइएका संरचना र त्यसबाट उत्पन्न हुने जोखिमको भागिदार निर्माण व्यवसायी हुने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए। निर्माण व्यवसायी सम्पर्कमा नआए र मजदुरले पाउने पारिश्रमिक नदिए कानुनी प्रक्रिया अगाडि बढाउनेसमेत न्यौपानेले जानकारी दिए।

वर्षाको समयमा निर्माण व्यवसायीले लापरबाही गर्दा सयौं ठाउँमा जोखिम देखिएको छ भने किसानले लगाएको बाली नालीमा पनि क्षति पुगेको छ। कुल एक अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सम्पन्न गर्नेगरी सडक विस्तारको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: @ यातायात
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

विमान दुर्घटना अपडेट, ४० जनाको शव फेला

विमान दुर्घटना अपडेट, ४० जनाको शव फेला

देवीदहमा बोटिङ्ग स्ट्रीमर मेसिन संचालन स्थानीयमा खुशयाली

देवीदहमा बोटिङ्ग स्ट्रीमर मेसिन संचालन स्थानीयमा खुशयाली

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै

गाउँपालिकाले बन्द गर्‍यो सडक

गाउँपालिकाले बन्द गर्‍यो सडक

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In