• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

के औषधिको मूल्य बढ्न लागेकै हो ? ( हेर्नुहोस् )


के औषधिको मूल्य बढ्न लागेकै हो ? ( हेर्नुहोस् )
Share on FacebookShare on Twitter

विभागका महानिर्देशक भरत भट्टराईले औषधिको मूल्य समायोजन भए ८० प्रतिशत औषधिको मूल्य घट्ने बताए।

काठमाडौं : अहिले बजारमा १८ हजार ब्राण्डका औषधि बिक्री भइरहेका छन् ।

तीमध्ये ११७ प्रकृतिका औषधिको मात्रै मूल्य निर्धारण गरिएको छ । अधिकांश औषधिको मूल्य नतोकिँदा बिरामी अफ्ठेरोमा परेका छन् ।

मूल्य निर्धारण नहुँदा ब्राण्ड पिच्छे फरकफरक मूल्यमा औषधि बिक्री हुने गरेको विभाग स्वीकार्छ । कुनै एउटा कम्पनीको  औषधिको मूल्य एक सय रुपैयाँ छ भने सोहि ब्राण्डको सोहि औषधिको मूल्य एक सय ५० रुपैयाँ पनि दर्ता भएको विभागले  जनाएको छ।

विभागका महानिर्देशक भरत भट्टराइले भने, ‘औषधिको मूल्य समायोजन हुँदा ८० प्रतिशत औषधिको मूल्य घढ्छ । २० प्रतिशतको मात्रै बढ्ने हो । अन्तर्राष्ट्रिय बजारमा केहि औषधिको मूल्य घटेको छ । क्यान्सरको औषधिको मूल्य त धेरै नै घट्छ ।’

औषधिको मूल्यका विषयमा पटकपटक प्रश्न उठिरहेको छ।  औषधिको मूल्य समयोजनसम्बन्धी औषधि व्यवस्था विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको प्रस्ताव अगाडि बढ्न सकेको छैन । कारण होः प्रस्तावमा जीवनजल, पारासिटामोल, लार्जभोलुम पारेन्टेरल्सलगायत केहि औषधिको मूल्य बढ्ने भएको छ। अहिले आम नागरिकदेखि संसदमा समेत औषधिको मूल्य नबढाउन विभागलाई दबाब परिरहेको छ । त्यहिभएर पनि स्वास्थ्य मन्त्री र राज्यमन्त्री औषधिको मूल्य समायोजन प्रस्तावमाथिय थप अगाडि बढ्न सकेका छैनन् ।

तर, विभागले भने औषधिको मूल्य समायोजन प्रस्ताव स्वीकृत भए ८० प्रतिशत औषधिको मूल्य घट्ने र २० प्रतिशतको मात्रै बढ्ने बताउँछ ।

विभागका महानिर्देशक भरत भट्टराइले भने, ‘औषधिको मूल्य समायोजन हुँदा ८० प्रतिशत औषधिको मूल्य घढ्छ । २० प्रतिशतको मात्रै बढ्ने हो । अन्तर्राष्ट्रिय बजारमा केहि औषधिको मूल्य घटेको छ । क्यान्सरको औषधिको मूल्य त धेरै नै घट्छ ।’

आयातकर्ता र उत्पादककर्ता औषधिको मूल्य बढाउन सहमत छन् । दुवै ‘कन्ट्री अफ ओरिजीन’मान्न तयार छन् ।

विभागका महानिर्देशक भरत भट्टराईले औषधिको मूल्य समायोजनको प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश भएको बताए । उनले भने, ‘बजारमा कुनै एउटा औषधिको मूल्य एक सय रुपैयाँ छ । कसैको १२० रुपैयाँ छ । कसैको त्यहि औषधिको १५० रुपैयाँ छ । मानौं एभरेज लिँदा १३५ आयो । त्यसको बढीमा १५ प्रतिशत रुपैयाँ भयो । १५० रुपैयाँ पनि घट्ने भयो ।’

यसो गर्दा बजारमा औषधिको मूल्यमा एकरुपता आउने भट्टराईको भनाइ छ । विभागले मूल्य तोकिएको ११७ प्रकृतिका औषधिको पनि मूल्य समायोजन गर्ने तयारी थालेको छ ।

औषधि व्यवस्था विभागका अनुसार आयात हुने औषधिको मूल्य निर्धारण आधार कन्ट्री अफ ओरिजीन पनि एक हो । यस्तै, विदेशबाट आयात हुने औषधिको सम्बन्धित देशको खुद्रा मूल्यभन्दा बढी नहुने र बाहिरबाट आयात हुने औषधिलाई अन्तर्राष्ट्रिय सन्दर्भ मूल्यका रुपमा लिने मूल्य निर्धारणको आधार हो । विभागले सरकारको अत्यावश्यक सूचीमा रहेका औषधिहरुको मूल्य तोक्ने गरेको छ ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘भारतमा सेडुल्ड ड्रग्स र नन सेडुल्ड ड्रग्स भन्ने छ । सेडुल्ड ड्रग्सको मूल्यनै तोकेको हून्छ । ६/६ महिना वर्ष दिनमा रिभाइज पनि गरेको हुन्छ । नन सेडुल्ड ड्रग्समा १० प्रतिशतसम्म मूल्य वृद्धि हुने भो भने एउटा फर्म डीजाइन गरेको छ । त्यो फर्ममा गत वर्षको मूल्य यस्तो थियो, अहिले यति भयो भनेर अधिकतम १० प्रतिशतसम्म वृद्धि गर्‍यो भने नोटीफिकेसन गरेर मात्रै मूल्य कायम हुन्छ । जुन मूल्य निर्धारण नगरिएका औषधिहरुको कुरा हो, नेपालको सन्दर्भमा भारतमा जति औषधिको मूल्य छ । त्यो भन्दा बढाउने कुरा त भएन । ’

जीवनजल,पारासिटामोलसहितको मूल्य बढ्ने

विभागले मन्त्रालयमा पेश गरेको मूल्य समायोजनसम्बन्धी प्रस्ताव स्वीकृत भए अत्यावश्यक मानिएको पारासीटामोल र जीवनजलको मूल्य बढ्ने बताएको छ । यस्तै,सलानी, लार्जभोलुम पारेन्टेरल्स लगायत केहि औषधिको मूल्य बढ्नेछ ।

२०६४ सालमा पारासिटामोलको मूल्य समायोजन भएको थियो । विभागका अनुसार भारतमा पारासिटामोलको मूल्य प्रति ट्याब्लेट १ रुपैयाँ ८० पैंसा पर्छ । यस्तै, जीवनजलको मूल्य भारतमा प्रति प्याकेट नेपाली करिब २७ रुपैयाँ रहेको विभागले जनाएको छ । नेपालमा प्रति प्याकेट जीवनजल १० रुपैयाँ पर्छ ।

महानिर्देशक भट्टराइले भने,’उत्पादकहरुले पनि उत्पादन गर्न सक्दैनौं भनेका छन् । पैठारीकर्ताहरुले पनि सबैतिर मूल्य बढेको छ । पुरानो मूल्यमा औषधि ल्याउन सक्दैनौं भनेको अवस्था छ । विभागको पहिलो दायित्व गुणस्तरीय औषधि जनताले सर्वसुलभमा पाउन भन्ने हो ।’

वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘पारासिटामोल र जीवनजलको मूल्य नबढाऔं । जति उत्पादनमा शोधानान्तर हुन्छ, घाटा हुन्छ । त्यसलाई सहुलीयत दिऔं । सरकारले दिने विभीन्न छुटहरुमा सामेल गरिदिऔं भनेर पनि प्रस्ताव गर्‍यौं । ’

औषधिको मूल्य समायोजनको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # स्वास्थ्य
दैनिक संजाल

दैनिक संजाल

Related Posts

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

कौमार्यको प्रश्न: पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?

कौमार्यको प्रश्न: पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

महिला र पुरुषमा फरक-फरक देखिन्छन् हृदयघातका लक्षण

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

अस्पतालमा बन्धक बनेकी मन्तोरिया ३९ दिनपछि घर फर्किइन्

अस्पतालमा बन्धक बनेकी मन्तोरिया ३९ दिनपछि घर फर्किइन्

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In