• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मोरङमा आफ्नै श्रीमानले आगो लगाएर श्रीमतीको हत्या


मोरङमा आफ्नै श्रीमानले आगो लगाएर श्रीमतीको हत्या
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ। शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षिय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो।

शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घरभित्रै मट्टिेल छर्किएर पत्नीलाई आगो लगाएपछि तिलका फरार बनेका थिए। पत्नीलाई लगाएको आगोले घर पनि जलेर खरानी भएको छ।

पत्नीलाई आगो झोसेर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ। तिलकाले सुरुमा आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि पर गएको प्रहरीलाई बताएका थिए।

खाना खाने बेलामा पत्नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। तिलका र उनकी पत्नी सरसफाईको काम गर्थे। तिलकाले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति–पत्नीबीच बारम्बार झगडा भइरहने स्थानीयले प्रहरीलाई बताएका छन्।

डीएसपी श्रेष्ठका अनुसार घरमा अचानक आगलागी भएको भनेर राति प्रहरीलाई खबर आएको थियो। घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएपनि आगोले टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्रीबेरा गरेको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीमा भने २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In