• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मोरङमा आफ्नै श्रीमानले आगो लगाएर श्रीमतीको हत्या

मोरङमा आफ्नै श्रीमानले आगो लगाएर श्रीमतीको हत्या
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ। शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षिय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो।

शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घरभित्रै मट्टिेल छर्किएर पत्नीलाई आगो लगाएपछि तिलका फरार बनेका थिए। पत्नीलाई लगाएको आगोले घर पनि जलेर खरानी भएको छ।

पत्नीलाई आगो झोसेर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ। तिलकाले सुरुमा आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि पर गएको प्रहरीलाई बताएका थिए।

खाना खाने बेलामा पत्नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। तिलका र उनकी पत्नी सरसफाईको काम गर्थे। तिलकाले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति–पत्नीबीच बारम्बार झगडा भइरहने स्थानीयले प्रहरीलाई बताएका छन्।

डीएसपी श्रेष्ठका अनुसार घरमा अचानक आगलागी भएको भनेर राति प्रहरीलाई खबर आएको थियो। घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएपनि आगोले टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्रीबेरा गरेको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीमा भने २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

कालोसूचीमा राख्ने प्रलोभन देखाएर ठगी प्रयास, नक्कली अधिकृत पर्दाफास

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In