• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रसुवागढीको आईपीयोमा निष्कासन गरेको आईपीयोमा मागअनुसारको आवेदन अझै परेन


राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Share on FacebookShare on Twitter

रसुवा । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले गएको असार १३ गतेदेखि निष्कासन गरेको आईपीयोमा मागअनुसारको आवेदन अझै परेको छैन।

निष्कासन भएको २३ दिन बितिसक्दा ३९ लाख ९१ हजार कित्ताको लागि आवेदन परेको छ। कम्पनीको अनुसार मंगलबार साँझसम्म २० हजार ८२७ आवेदकले ३९ लाख ९१ हजार ८४० को लागि आवेदन दिएका हुन्। आवदेकबाट ३९ करोड ९१ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ।

आईपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको थियो। कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीयो निष्कासन गरेको थियो। सो अवधिमा मागअनुसारको आवेदन नपरेका कारण साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ। आईपीयोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।

यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरिरहेको छ। कम्पनीले गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।

निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। आईपीयोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

यसको ८३ प्रतिशत काम सकिएको छ। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज#अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In