द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । उनीहरूले सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आजीवन नि:शुल्क उपचार गर्नुपर्ने माग समेत गरेका छन्
Discussion about this post