• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने


वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने
Share on FacebookShare on Twitter

सूचना तथा प्रविधि क्षेत्रलाई लक्षित गर्दै सरकारले वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरू गरेको छ । यसअघिको ५ करोडभन्दा कम लगानी ल्याउन नपाइने व्यवस्था परिवर्तन गर्न लागेको उद्योग विभागले जानकारी दिएको छ । यसलाई घटाएर २ करोड रुपैयाँसम्म लगानी ल्याउन मिल्ने व्यवस्था गर्न लागेको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक लगानीको सीमा घटाउने तयारीमा लागेको रातोपाटीलाई बताए । यसअघि सरकारले नेपालमा ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी भित्र्याउन नपाउने व्यवस्था गरेको थियो । यसको विरोध भएपछि सरकारले सच्याउन लागेको हो ।

२०७६ साल जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ५० लाख वैदेशिक लगानीको सीमा बढाएर ५ करोड पुर्याएको थियो । त्यसयता यो नीतिले सूचना तथा प्रविधि क्षेत्रलाई प्रभाव पारेको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका थिए ।
सूचना तथा प्रविधि क्षेत्रमा २ लाख अमेरिकी डलर (२ करोडभन्दा बढी)को लगानीले समेत काम सुरू गर्न सकिने उनीहरूको तर्क थियो ।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले समेत विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएको थियो । संघले विदेशी लगानीको सीमा उच्च भएकाले साना विदेशी लगानी नै प्रभावित बनेको बताएको थियो । सरकारले सिमा घटाउने तयारी गरेपछि एनआरएनएको माग समेत पुरा हुने देखिएको छ ।

महानिर्देशक तिवारीले विभागबाट विदेशी लगानीको सिमा घटाउने मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगिसकेको जानकारी दिए । उनले भने, ‘अहिले हामीले अध्ययन गरेर पठाएको मस्यौदा लागू हुने÷नहुने भनेर अध्ययनको चरणमा छ । यसलाई माथिल्लो तहबाट आवश्यक विश्लेषण गरेर टुंगो लगाउँछ ।’

विभागले तयार पारेको मस्यौदामा विदेशी लगानीको सीमा क्षेत्रगत रूपमा लागू गर्ने प्रस्ताव छ । जसमा सूचना तथा प्रविधि क्षेत्रमा २ करोडसम्म विदेशी लगानी ल्याउन मिल्ने भएपनि अन्य (निर्धारित) क्षेत्रमा त्यति सानो लगानी ल्याउन नमिल्ने व्यवस्था हुने छ । ‘आईटी क्षेत्रमा सानो लगानीले काम सुरू गर्न सकिन्छ,’ तिवारीले भने, ‘तर, त्यही लगानी जलविद्युतमा ल्याउँदा कम हुन्छ । त्यसैले क्षेत्रगत विषय छुट्याएर लगानीको सिमा घटाउने तयारी भइरहेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज#अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

आइतबार मध्यरातदेखि केही समय फोनपे नचल्ने

आइतबार मध्यरातदेखि केही समय फोनपे नचल्ने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In