• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मिटरब्याजी पीडितका गुनासो : धनसम्पत्ति गुमाउनु मात्र होइन जेल पनि जानुपर्‍यो


मिटरब्याजी पीडितका गुनासो : धनसम्पत्ति गुमाउनु मात्र होइन जेल पनि जानुपर्‍यो
Share on FacebookShare on Twitter

मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् । मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि  गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव डा भीष्मकुमार भुसालका संयोजकत्वमा  कार्यदल गठन गरेका थिए। कार्यदलको निर्देशनअनुसार मिटरब्याजीबाट पीडितको गुनासो सम्बन्धमा जारी गरेको सूचनाका आधारमा मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच  गरी ४२ निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा पीडित विराटनगर महानगरपालिका–१८ निवासी बेचन दासले स्थानीय वासुदेव मण्डलसँग रु एक लाख कर्जा लिएको र सो कर्जाबापत धितोमा १५ धुर जग्गा पास गराएको गुनासो राखे । उनले भने, “मसँग मण्डलले अहिले रु १५ लाख मागी रहेका छन् । रु एक लाखको कर्जामा रु १५ लाख कहाँबाट बुझाउने ?  ”

यस्तै, विराटनगर–१८ निवासी जीतेन्द्र साहले स्थानीय जीतेन्द्रकुमार रजकसँग रु पाँच लाख ऋण लिएका थिए ।  उनले पीडित १० कट्ठा जग्गा रजिष्ट्रेशन पास गराएको छ, मेरो त सबै सम्पत्ति नै रजकले हडपेको गुनासो गरे । मोरङको कर्सिया निवासी मिरहीदेवी पासवानले भनिन्, ‘छोरीको बिहेको लागि स्थानीय एक जनासँग रु तीन लाख कर्जा लिएको र १८ धुर जग्गा धितोमा पास गरिदिएको र अहिले पीडकले रु १६ लाख मागिरहेको छ, मेरो श्रीमान् स्वर्गवास हुनुभयो, म अरुको घरमा काम गर्छु म कहाँबाट यति धेरै पैसा ल्याउनु, मैले खाएको ऋण तिरेको छु, तर साहुले मेरो जग्गा फिर्ता गर्न मानेको छैन न्याय पाउँ हजुर ?’

यस्तै, विराटनगर –८ निवासी रामनारायण साहले रु एक लाख ५० हजार ऋण लिएको  र सो ऋणबापत आफूले रु एक करोड ५० लाखभन्दा बढी तिरिसकेको जनाउँदै पीडकको कारण आफूलाई धेरै ठूलो नोक्सानी भएको गुनासो गरे ।

विराटनगरकै जगदिश साहले स्थानीय सिद्धिकी ताज बब्बरसँग एक हप्ताका लागि रु दुई लाख कर्जा लिएको र एक हप्तापछि ऋण चुक्ता गर्न गएपछि आफूलाई अपहरण गर्ने शैलीमा छ घण्टा बन्दी बनाएर रु १५ लाखको कागज बनाएको गुनासो सुनाउँदै भने, “सो कागजको कारण म केही दिन जेलमा बसे र रु १८ लाख तिरेर जेलमुक्त भएको कारण मेरो मन अहिले पनि डराइरहेको छ ।”

कार्यदलका संयोजक डा भुसालले न्यायपूर्ण समाज निर्माण गर्न देखिएको यस्ता समस्या एवं चुनौतीलाई समाधान गर्न नै कार्यदल बनेको स्पष्ट पार्दै भने,  “मिटरब्याजीका कारण नागरिक गरिबीको दुष्चक्रमा मात्र होइन, विभिन्न किसिमको अपराधको सिकार पनि बनेको छ ।”

उनले भने, “मिटरब्याजीका कारण समस्यामा परेका नागरिकको गुनासो सुनेर सरकारलाई आवश्यक नीति एवं कानुन निर्माण गर्न सुझाव दिइनेछ ।” कार्यदलका सदस्य प्रहरी उपरीक्षक कृष्ण कोइरालाले यो समस्या राष्ट्रव्यापी देखिएकाले यो समस्या समाधान गर्न नै कार्यदल बनेको जानकारी दिए । छलफलबाट आएको समस्याका विषयमा कार्यदलले निकासका लागि सरकारलाई उचित सुझावसहित सिफारिस गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In