Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

फुटबल हेर्न भनेर निस्किएका तीन बालिका बेपत्ता

फुटबल हेर्न भनेर निस्किएका तीन बालिका बेपत्ता

विराटनगर,२६ भदौ । मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् । घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन ।

‘गाउँमा खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको पाइएन । तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ,’ श्रेष्ठले भने, ‘अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।’ तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् ।

बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको डीएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार घरबाट हिँडेका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावकले रातभर खोजी गरेको पाइएको छ । अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएको उनले बताए ।

डीएसपी श्रेष्ठका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.