नेपालको पहिलो स्वचालित स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ।
रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा २ दशकभन्दा बढी उपलब्धीहरूसहित जगदम्बा स्टील्सले स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना गरेको कम्पनीले जनाएको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस: १९१ ले हाम्रो उत्पादन आईएसओ ९००१:२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१:२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्ने गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
‘जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दीगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ।
Discussion about this post