• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

दुबईबाट ल्याएको १९ केजी सुन जोगबनी पठाउने योजना थियो

तस्करीमा १८ सुडानीको पहिचान, २ जना मात्रै पक्राउ


 नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घट्यो
Share on FacebookShare on Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत महिना १९ केजी अवैध सुनसहित पक्राउ परेका दुई जना सुडानी नागरिक मोरङको रानी नाका हुँदै भारत जाने तयारीका साथ नेपाल आएको खुलेको छ । भारतमा रहेका तस्करलाई अवैध सुन बुझाउन उनीहरू काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै रानी नाकाबाट जोगवनी छिर्ने तयारीमा थिए ।

त्यसका लागि गत पुस ८ मा प्रतिव्यक्ति ४२ अमेरिकी डलर तिरेर दुई जनाले यती एयरलाइन्सबाट विराटनगर विमानस्थलसम्मको टिकट काटेको पनि भेटिएको छ । तर, सोही दिन दुबईबाट सुन लिएर आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन नपाउँदै पुस ८ मा पक्राउ परे । अध्यागमनबाट बाहिरिने क्रममा जब भन्सार एरियामा पुगे, हस्याङफस्याङको शैलीमा देखिएपछि उनलाई भन्सारका कर्मचारीले रोकेर प्रहरीलाई बोलाए । केहीबेरमै पक्राउ परेका उनको कम्मरमा सुन बाँधेको अवस्थामा फेला परेको थियो ।

उनी नेपाल ओर्लिएलगत्तै डोमेस्टिक टर्मिनलबाट अर्को जहाजमा विराटनगर हुँदै रानी नाकाबाट भारत छिर्ने तयारीमा रहेको खुलेको स्रोतले बताएको छ । पक्राउअघि विमानस्थल अध्यागमन कार्यालयले उनलाई पर्यटकको हैसियतमा १५ दिनको अनअराइभल भिसा दिएको थियो । उनी पहिलो पटक नेपाल आएका थिए । सुन बोकेर आएका उनलाई रिसिभ गर्न विमानस्थल पुगेका अर्का सुडानी अहमद इब्राहिम मोहम्मद विमानस्थलबाटै समातिए । आफ्ना साथी सुनसहित यूएईबाट आए पनि विमानस्थल बाहिर ननिस्केपछि उनी खोज्दै भित्र छिरेका थिए । साथी यूएईबाट आएको तर भित्रै अलमलिएको भन्दै लिन पुगेका उनलाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको थियो ।

उनी काठमाडौंबाट विराटनगर हुँदै भारतसम्म सुन पास गराउने योजनाका साथ गत मंसिर ५ मा यूएईबाटै पर्यटक भिसामा काठमाडौं आएका थिए ।

सिनामंगलको एक होटलमा बसेर सुन पास गराउने र यूएईबाट आएकालाई समन्वय गर्ने जिम्मा लिएका उनी १९ केजी सुन कारोबारमा भने उम्किन पाएनन् । त्यसअघि उनी कात्तिक १७ मा आएर तीन दिन बसेर यूएई फर्किएका थिए ।

त्यसको दुई सातापछि मंसिर ५ मा पुनः पर्यटक भिसामै छिरेका थिए । अवैध सुन काठमाडौंबाट विराटनगर हुँदै भारत पठाउने सेटिङ पनि उनले नै मिलाउने गरेका थिए । त्यसअघि अर्कै सुडानी नागरिक काठमाडौंमा बसेर योजना बनाउने गरेकामा ती यूएई फर्किएपछि उनी आएका थिए । अरू १६ जना सुडानी पनि तस्करीको सञ्जालमा जोडिएको भेटिएको छ । तर, प्रहरीले अनुसन्धानका क्रममा रहेको भन्दै ती सुडानीहरूको नाम सार्वजनिक गरेको छैन ।

इब्राहिमको योजनामा भएका सुन तस्करीमा पछिल्लो पटक मात्रै १८ जना सुडानी यसरी नै नेपाल आएर फर्किएको खुलेको छ । पछिल्लो समय पुस ८ मा बरामद १९ केजी सुन प्रकरणको सञ्जालचाहिँ भत्किएको छ । तर, यो सञ्जालले यसैगरी विगतमा भारत पुर्‍याएको सुन रोक्न भने नेपालका सुरक्षा संयन्त्र र विमानस्थल प्रशासन संयन्त्र असफल भएका छन् । पछिल्ला दिनमा तस्करले भरिया प्रयोग गरेर कार्बनले बेरिएको अर्धठोस सुन ल्याउने गरेको भेटिएको छ । यस्तो सुन सुरक्षा जाँचका क्रममा मेसिनले पनि रिड नगर्ने हुँदा सहजै विमानस्थलको सुरक्षा घेरा पार गर्न सजिलो भएको छ ।

पछिल्लो पटक सुडानी गिरोहको एउटा सञ्जालले मात्रै ४ महिनाको अवधिमा कम्तीमा डेढ क्विन्टलसम्म सुन पार गराएको आशंका अनुसन्धानमा संलग्न अधिकारी गर्छन् । सुनसहित पक्राउ परेका मोहम्मदलाई विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तस्करीको सञ्जाल संगठित रूपमा सक्रिय भएको भेटेपछि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले संगठित रूपमा सुन तस्करी भइरहेकाले र त्यसमाथि थप अनुसन्धान आवश्यक देखिएर फाइल सीआईबीमा पठाइएको बताए । ब्युरोको अनुसन्धानमा उनीसहित १८ जना सुडानी र एक भारतीयको नाम खुलेको छ । तर, नेपाल–भारत सीमा क्षेत्रमा यूएईबाट आएको सुन रिसिभ गर्ने भारतीय नागरिक ‘भगवान बाग’ भन्ने मानिस सक्कली वा बोलीचालीमा प्रयोग हुने नाम के भन्ने यकिन भइनसकेको स्रोतले बतायो । उनीसम्म पुग्न अझै अनुसन्धान भइरहेको र तस्करीका लेयर पत्ता लगाउन कोसिस भइरहेको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले यूएईबाट नेपाललाई ट्रान्जिट बनाएर तस्करले भारतसम्म सुन लैजाने गरेको केही तथ्य र प्रमाणबाट खुलेको र यससम्बन्धी अनुसन्धान जारी रहेको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी अवैध सुनसहित पक्राउ परेका दुई जनामाथि संगठित अपराधको कसुरमा अनुसन्धान जारी छ,’ एसएसपी आचार्यले भने, ‘सुन तस्करीमा सुडानी गिरोह पछिल्लो पटक निकै सक्रिय भएको देखियो । त्यहीमध्येको एउटा समूहको कारोबारको अनुसन्धान गर्दा यूएईमा बसेर काठमाडौं हुँदै भारत लैजाने गरेको देखिन्छ । त्यसमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

सीआईबीको नियन्त्रणमा रहेका अहमदले आफू यूएईमा भएका मानिसले भनेअनुसार काम गरेको तर सुन पठाउने र रिसिभ गर्ने अनि बीचमा ओसारपसार गर्नेबीच एकअर्का अपरिचित रहेको बताएका छन् ।

‘हामीलाई केही पैसा दिने लोभमा काठमाडौं आएका हौं । एकले अर्कालाई चिनजान हुँदैन । ह्वाट्सएपबाट मात्रै कुराकानी हुन्छ,’ ती सुडानीले भनेका छन्, ‘हामी पैसा पाउने लोभमा यहाँ आएका हौं ।’

प्रहरीका एक अधिकृतका अनुसार सुन तस्करीको सञ्जालमा जोडिएका थप सुडानीबारे अनुसन्धान भइरहेको र त्यस क्रममा यूएईमा रहेका केही शंकास्पद अरू व्यक्ति पनि अनुसन्धानको घेरामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक  पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, विरोधमा प्रदर्शन

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, विरोधमा प्रदर्शन

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In