• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सरकारी चिया बगानका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिने


सरकारी चिया बगानका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिने

सरकारी स्वामित्वका चिया बगानका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । सरकारी स्वामित्वमा रहेका देशभरका सात वटा चिया बगानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई कोषमा सूचीकृत गर्न थालिएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयले मातहतका सबै कार्यालयलाई कोषमा सूचीकृत हुन पत्राचार गरेपछि प्रक्रिया सुरु भएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले फागुन ४ मा लिखित पत्राचार गरेर बगानका श्रमिक तथा कर्मचारीलाई कोषमा सूचीकृत गर्न आग्रह गरेका छन् । सरकारको पूर्ण स्वामित्वमा रहेका बगानहरु राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत सञ्चालित छन् । सातमध्ये प्रदेश–१ मा मात्र छ वटा बगान छन् । जसमध्ये इलाम जिल्लामा तीन वटा छन् । चिया विस्तार योजना फिक्कल, चिया विस्तार योजना मंगलबारे र चिया विस्तार योजना जसबिरे छन् । पाँचथरमा चिया विस्तार योजना लालीखर्च, तेह्रथुममा चिया विस्तार योजना सोल्मा र चिया विस्तार योजना धनकुटा हिले छन् । त्यस्तै चिया विस्तार योजना रानीपौवा नुवाकोटमा रहेको छ ।

‘सात वटै बगानका श्रमिकको नाम सूचीकृत गर्नेगरी अनलाइन दर्ता गर्ने काम भइरहेको छ’ बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले भने । झण्डै एक हजार रोपनीमा फैलिएका यी चिया विस्तार योजनामा स्थायी श्रमिक करिब ४० जना छन् । मौसमी श्रमिक एक सय ५० भन्दा बढी छन् । ‘ऐन लागू भएको ४ वर्षपछि थोरै श्रमिकलाई भएपनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर सरकारले ऐन कार्यान्वयन गर्न खोजिरहेको छ । हाम्रा लागि यो खुसीको कुरा हो’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने ।

किसानलाई चिया खेती गर्न सिकाउने उद्देश्यले सरकारले चिया विस्तार योजनाहरु सञ्चालनमा ल्याएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ सरकारले १ मंसिर २०७५ बाट लागू गरेको थियो । बोर्डले उक्त ऐनको दफा १० बमोजिम चिया बगानका श्रमिकलाई सूचीकृत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । दफा १० अनुसार श्रमिकले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना बीमा, अशक्तता भत्ता, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता तथा कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना प्राप्त गर्नेछन् ।

श्रम ऐन २०७४ मा श्रमिकका लागि कोष, उपदान तथा बीमा सम्बन्धी व्यवस्था गरेको छ । ऐनको दफा ५२ को उपदफा २ मा रोजगारदाताले सम्बन्धित श्रमिकले काम प्रारम्भ गरेको दिनदेखि नै लागू हुनेगरी सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने उल्लेख छ । दफा ५३ मा रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८ दशमलव ३३ प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदान बापत श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा ५४ मा श्रमिकको कम्तिमा वार्षिक एक लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा तथा दफा ५५ मा श्रमिकको जुनसुकै प्रकारको दुर्घटनालाई समेट्ने गरी कम्तिमा सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

गलत सामान डेलिभरी भए पैसा फिर्ता गर्नुपर्ने

गलत सामान डेलिभरी भए पैसा फिर्ता गर्नुपर्ने

सन् २०२६ सम्म सुक्खा सिजनमै पनि विद्युत्‌मा आत्मनिर्भर हुन्छाैं : कुलमान घिसिङ

सन् २०२६ सम्म सुक्खा सिजनमै पनि विद्युत्‌मा आत्मनिर्भर हुन्छाैं : कुलमान घिसिङ

बिजुलीको भरपर्दो बजार खोज्दै नेपाल, निर्यातमा ‘ब्रेक थ्रु’को संकेत

बिजुलीको भरपर्दो बजार खोज्दै नेपाल, निर्यातमा ‘ब्रेक थ्रु’को संकेत

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In