• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाल भर्सेस कुवेत, अल्मुताइरीको जन्म देश र कर्म देश भिड्दै


नेपाल भर्सेस कुवेत, अल्मुताइरीको जन्म देश र कर्म देश भिड्दै
Share on FacebookShare on Twitter

२८ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्दैछ । कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा सबैको नजर खेलमा हुनेछ नै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ पनि नजर हुनेछ ।

किनभने कुवेती नागरिक अल्मुताइरी नै हाल नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन् । हुन त उनी नेपालको टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका छन् । तर उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्नेछन् ।

यसअघि अल्मुताइरीले बारम्बर भन्दै आएका छन् कि नेपाल र कुवेत खेल्दा आफ्नो समर्थन नेपाललाई नै हुन्छ ।

शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने अंग्रेजीमा लेखेका छन् ।

दोस्रो पटक नेपाली टिम लिएर कुवेत पुग्दा उनले पहिलो पटक जन्म देश र कर्म देश खेलेर ‘डगआउट’ मा बसेर हेर्ने छन् ।

हुन त प्रशिक्षक अल्मुताइरी यसअघि पनि विभिन्न कारणले गर्दा चर्चा बटुरहन्छन् । चाहे त्यो दर्शकको सर्मथन होस् या विभिन्न विषयमा विवादमा परेर होस् ।

खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालको प्रदर्शनपछि केही राहत महसुस गरेका छन् ।

उनले खेलअघि बिना दबाब खेल्ने बताएका थिए । खेलमा पनि नेपालले नतिजा २-० ले गुमाए पनि जोर्डनलाई ६८ मिनेटसम्म गोल गर्न दिएको थियो । डेब्युटान्ट गोलकिपर दीप कार्की पहिलो हाफको अन्त्यतिर पेनाल्टी नै रोकेर जोर्डनलाई नै दबामा राखेका थिए ।

एसियन कपको अन्तिम चरणको छनोटमा समूह ए मा नेपालले कुवेतविरुद्ध दोस्रो खेल खेल्दा पनि उस्तै लयको अपेक्षा समर्थकले गरेका छन् । खेलाडीका लागि त्यही प्रदर्शन दोहोर्‍याउनु चुनौती हुनेछ । अनी अल्मुताइरीका लागि भने यो खेल केही ‘इमोसनल’ पनि पक्कै हुनेछ । उनी आफ्नै देशलाई हराउनका लागि नेपलाको तर्फबाट रणनीति बुनिरहेका हुनेछन् ।

उनले केही महिनाअघि तयारीका क्रममा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नुअघि पनि कुवेतसँग आफूले दुवै देशको राष्ट्रिय गान गाउने तर नेपालको झण्डा र नेपालको समर्थनमा हुने प्रतिक्रिया दिएका थिए ।

अब त्यो घडी आएको छ । त्यसमा केही भावना पक्कै मिसिनेछ ।

पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको नेपालले एसियन कपमा छनोट हुने झिनो सम्भावना कायम राख्न पनि कुवेतलाई हराउनैपर्ने जरुरी छ । यदि कुवेतसँग पराजित भएमा नेपालमा छनोटबाट बाहिरिनेछ । नेपालले समूहको अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

कुवेतसँग हेड टु हेड

फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । वरीयता जस्तै नेपालले कुवेतलाई अहिलेसम्म हराउन पनि सकेको छैन ।

वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ । हेड टु हेडको कुरा गर्दा नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले अहिलेसम्म कुवेतसँग कुल ८ खेल खेल्दा ७ खेलमा पराजित भएको छ भने जम्मा १ खेल बराबरी गरेको छ ।

सन् २०१९ मा योहान कालिन प्रशिक्षक हुँदा नेपालले कुवेतलाई उसैको मैदानमा खेलेको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो । त्यसपछिको तीन खेलमा भने नेपाल कुवेतसँग पराजित भएको छ । २०१९ कै दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

यस्तै एसियन कप छनोट अन्तर्गत नै दोस्रो चरणको छनोटमा नेपाल कुवेतसँग दुवै खेलमा हार बेहोरेको थियो । अवे मैदानमा भएको खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो भने भुटानको थिम्पुमा गएर खेलिएको होम म्याचमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो ।

यस बाहेक एसियन गेम्समा तीन पटक र एसियन कप छनोटमा एक पटक कुवेतसँग नेपाल पराजित भएको थियो ।

नेपाल र कुवेतबीचको खेल आज राती नेपाली समय अनुसार १० बजे सुरु हुनेछ ।

यो पनि पढ्नुस्- कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ : अलमुताइरी

फोटो : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१२४ रनको लक्ष्य सहजै पूरा गर्दै इटालीको एकतर्फी जित

१२४ रनको लक्ष्य सहजै पूरा गर्दै इटालीको एकतर्फी जित

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...