काठमाडौं। बलिउड नायिका कट्रिना कैफले बिवाह वन्धनमा बाँधिएको डेढ महिना पछि पहिलो पटक बिकीनी लुक्स सार्वजनिक गरेकी छिन् ।
सुटिङको लागि माल्दिभ्स पुगेकी कैफले सामाजिक सञ्जालमार्फत निकै बोल्ड देखिने दुईवटा बिकीनी लगाएका तस्विर सार्वजनिक गरेकी हुन् । उनका यी तस्विरमा १५ लाखभन्दा बढी लाइक आइसकेका छन् ।
यसअघि सोमबार पनि कट्रिना कैफले माल्दिभ्सबाट आफ्नो तस्विर शेयर गरेकी थिइन् । तस्बिरमा कट्रिना आफ्नो हातले चराहरूलाई खुवाउँदै गरेको देखिएकी छिन् ।
माल्दिभ्समा सुटिङ गरेपछि कट्रिना छिट्टै सलमान खानसँग फिल्म टाइगर ३ को सुटिङमा व्यस्त हुनेछिन् ।