• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

इलामबाट अनुमतिबिना झापा पुर्याइयो सखुवाको काठ


इलामबाट अनुमतिबिना झापा पुर्याइयो सखुवाको काठ
Share on FacebookShare on Twitter

विराटनगर : इलामबाट सम्बन्धित निकायको अनुमतिबिना नै बहुमूल्य सखुवाको काठ झापा पुर्याइएको फेला परेको छ। इलामको रोङ गाउँपालिका–५ मा रहेको चुल्ठे शान्तिगर सामुदायिक वन उपभोक्ता समितिले आन्तरिक खपतका लागि उपभोक्तालाई वितरण गरेको काठको गोलिया झापाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका–५ र ६ को सिमानाबाट एक ट्याक्टर काठका गोलिया नियन्त्रणमा लिएर सशस्त्रले आवश्यक अनुसन्धान र कारबाहीका लागि मंगलबार राति इलामको रोङस्थित सव डिभिजन वन कार्यालयलाई बुझाएको हो।

सशस्त्रले मे १ त ७५४३ नम्बरको ट्याक्टर र चालकसहित काठ नियन्त्रणमा लिएको थियो। ४५ वर्षीय महेन्द्र तामाङले चलाएको ट्याक्टरबाट सखुवासहित करम जातको काठका गोलिया पनि बरामद भएको छ। सखुवाको ८६.५३ र करमको ४२.३५ क्यूफिट गोलिया बरामद भएको सव डिभिजन वन कार्यालय रोङका फरेष्टर होमचन्द्र गौतमले जानकारी दिए। सशस्त्र प्रहरीले गौतमलाई नै काठ बुझाएको हो। गोलियामध्ये सखुवाको ३ लाख ४६ हजार १ सय २० र करमको १५ हजार ५ सय रूपैयाँ बराबरको छ।

गौतमका अनुसार आन्तरिक खपतका लागि समितिले पक्रिया पूरा गरेरै काठ उपभोक्तालाई वितरण गरेको पाइएपनि ओसारपसार गलत तरिकाले गरिएको पाइएको छ। तर अनुमति नलिइकन ओसारपसार गरिएको उनले बताए। समितिले उपभोक्तालाई वितरण गरेको भएपनि काठ एउटाबाट अर्को ठाउँ वा फरक जिल्लामा लैजान वन कार्यालयबाट अनुमति लिनुपर्छ। चिरान गर्न काठ लगेको भनिए पनि वन कार्यालयबाट चिरान आदेश र ओसारपासरको अनुमति नलिएको पाइएपछि तस्करीको आशंकामा सशस्त्रले नियन्त्रणमा लिएको हो।

वन कार्यालयको अनुमतिबिना इलामबाट झापातिर ओसारपसार हुने गरेको पाइएपछि ट्याक्टरसहित काठ बरामद गरेर कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले जानकारी दिए। ‘काठलगायत वन पैदावारको चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाउँदै कडाइ गरिरहेको छ,’ डीआईजी गिरीले भने।

समितिले वितरण गरेको काठ ५ जना उपभोक्ता मिलेर एउटा ट्याक्टरमा लोड गर्दै झापा लगेको पाइएको वन कार्यालयले जनाएको छ। इलामका डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठले गोलियामा टाँचा लगाइएको अवस्थामा भेटिएकाले काठ आधिकारिक नै भएको बताए। केही गोलिया भने टाँचा नलगाइएको अवस्थामा भेटिएका थिए। ‘इलामबाट चिरान गर्न काठ झापा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वन कार्यालयबाट चिरान आदेश लिएर मात्रै यसरी लैजान पाइन्छ,’ श्रेष्ठले भने, ‘नियमविपरीत गरेको पाइएपछि समितिदेखि काठ प्राप्त गरेका उपभोक्तामाथिसमेत छानबिन थालिएको छ। वनको अनुमति र आदेश बिना काठ ओसारपसार गरेर अर्को जिल्ला लैजानु गैरकानुनी हो।’

अनुसन्धानबाट खुलेको तथ्यका आधारमा काठ ओसारपसारमा संलग्नमाथि कारबाही हुने उनले बताए। ‘काठ आधिकारिक भएपनि आदेशबिना ओसारपसार गर्नु कानुनविपरीत हो,’ श्रेष्ठले भने, ‘इलामबाट बहुमूल्य काठ झापा पुर्याउँदा प्रक्रिया पूरा गरेको देखिँदैन।’ प्रक्रिया पूरा नगरिकन काठ लगिएका कारण विभिन्न आशंका पैदा भएकाले मिहीन ढंगबाट अनुसन्धान थालिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In