• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिरहाको २ गरि मधेश प्रदेश १३ पालिकाले बजेट नै नल्याई गुजारे आधावर्ष, बजेट नल्याउनेलाई पालिकालाई कस्तो सजाय ?


सिरहाको २ गरि मधेश प्रदेश १३ पालिकाले बजेट नै नल्याई गुजारे आधावर्ष, बजेट नल्याउनेलाई पालिकालाई कस्तो सजाय ?
Share on FacebookShare on Twitter

मधेश प्रदेश। सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । विभिन्न राजनीतिक दल सहित जनप्रतिनिधीहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् ।

तर,यता स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत कतियप स्थानीय सरकारले हालसम्म चालु आर्थिक वर्षको बजेट पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले १० असारसम्ममा बजेट पेस गर्नू पर्ने र असार मसान्तसम्ममा पारित गर्नू पर्ने प्रावधान छ कार्यकाल सकिनै लाग्दा समेत कतिपय स्थानीय सरकारले बजेट पेस गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहमा राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी विवादका कारण बजेट पेस हुन नसकेको नेपाल गाउँपालिका महासंघले जनाएको छ । चालु आर्थिक वर्षमा १३ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।
१३ पालिकाले बजेट बिना गुजारे आर्थिक वर्ष

आर्थिक वर्ष २०७८-०७९ मा १३ पालिकाले बजेट ल्याउन सकेनन् । यसरी बजेट नल्याउने पालिका सबैभन्दा बढी मधेश प्रदेशका रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाग्मती प्रदेश १ र मधेश प्रदेशका १२ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । बागमती प्रदेशको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । मधेस प्रदेशका छिन्नमस्ता गाउँपालिका (सप्तरी), औरही गाउँपालिका (सिरहा), नरहा गाउँपालिका(सिरहा), धनौजी गाउँपालिका (धनुषा), गरुडा नगरपालिका (रौतहट), दोवाही गोनाही नगरपालिका (रौतहट), फतुवा विजयपुर नगरपालिका (रौतहट), बौधीमाई नगरपालिका (रौतहट),वृन्दावन नगरपालिका (रौतहट), सिम्रौनगढ नगरपालिका (बारा), विश्रामपुर गाउँपालिका (बारा),पोखरिया नगरपालिका (पर्सा) बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ। यस्तै अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा मधेस प्रदेशको छिन्नमस्ता गाउँपालिका (सप्तरी), राजदेवी नगरपालिका (रौतहट), बौधीमाया नगरपालिका (रौतहट), जगरनाथ गाउँपालिका (पर्सा) ले दुई वर्ष अगाडिको बजेट ल्याउन सकेको थिएन।
बजेटमा जनप्रतिनिधि नै अनभिज्ञ

रौतहटको राजदेवी नगरपालिका प्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंहको आपसी मनमुटावका कारण पालिकाको बजेट पेस हुन सकेको छैन। प्रमुख र उपप्रमुखका बीचमा राजनीतिक द्वन्द्वका कारण गत वर्ष पनि बजेट पेस गर्न सकेको थिएन। यतिमात्र होइन स्थानीय सरकार सञ्चालन भएपछि नगरपालिकाले कुन आर्थिक वर्षमा कति बजेट ल्यायो, कुन शीर्षकमा कति खर्च भयो? भन्ने जानकारी कसैलाई छैन। प्रमुख बजेट ल्याएको बताउँछन्,भने उपप्रमुख आफूलाई जानकारी नै नभएको बताउँछिन्। उपप्रमुख सिंहले भनिन्,‘म जनप्रतिनिधि हुँ, नगर सभा कहिले बस्यो? कति बजेट ल्यायो? चालु आर्थिक वर्षमा कति खर्च भयो? केहि पनि जानकारी छैन।’ छुट्टै राजनीतिक दलबाट निर्वाचित भएकाले बिचार नै नमिलेको उनीहरुको भनाइ छ। नगरपालिकाका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपप्रमुख संघीय समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन्।

यसरी नगरपालिकाका प्रमुख र उपप्रमुखको आन्तरिक द्वन्द्वको प्रत्यक्ष मारमा जनता परेका छन्। विकासका गतिविधि ठप्प भएका छन् । यता पालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले पालिकाको बैठकमा उपप्रमुखको उपस्थिति नभएको बताएका छन्। नगरसभाका लागि पत्र पठाउँदा समेत नआएको उनको भनाइ छ। उनले भने, ५२ करोडको बजेट ७ असारमा नै ल्याएका छौ।’ त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिकाले दुई वर्षदेखि बजेट ल्याउन सकेको छैन। गत आर्थिक वर्षमा बजेट ल्याउन नसकेको सो पालिकाले चालु आर्थिक वर्ष पनि बजेट बिना नै गुजार्ने भएको छ। गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डल जनप्रतिनिधि बीचको विवादका कारण बजेट ल्याउन नसकेको हो।
बजेट नल्याउनेलाई पालिकालाई कस्तो सजाय ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले असार मसान्तभित्र आगामी वर्षका लागि सभामा नीति कार्यक्रम र बजेट पारित नगर्ने स्थानीय तहको अनुदान कटौती हुने जनाएको छ। स्थानीय तहहरूको कार्यसम्पादन मुल्यांकन सूचक तयार गरेको छ। सोहि आधारमा वित्तीय हस्तान्तरण हुने भएकाले गाउँ र नगरसभाबाट आगामी वर्षका लागि बजेट पारित गर्न नसक्ने स्थानीय तहको ५ प्रतिशत बजेट कटौती गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In