• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

आठ वर्षीया बालिका माथि बलात्कार भएको घटनामा गाउँमै मिलापत्र


धनुषामा किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ
Share on FacebookShare on Twitter

३ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । पुरीलाई सोमबार पक्राउ गरिएको उनले बताए । मिलापत्र गराएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७–८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए ।

मिलापत्रका लागि भेला भएका अगुवाले क्षतिपूर्ति बापत केही रकम बालिकाको परिवारलाई दिएको स्रोतको भनाइ छ ।

घटना हुँदा पीडितका बुबा भने घरमा थिएनन् । ‘म त बाहिर थिएँ, मलाई कसैले सुनाएनन् पनि’, बालिकाका बुबाले भने, ‘छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाएँ, भर्खरै मात्र घटना थाहा भयो ।’

बालिकाका बुबा जागिरको शिलशिलामा मोरङ बाहिर थिए । घर आएको लामो समयसम्म आफूलाई जानकारी नदिएको उनले बताए । बिरामी भएकी छोरीलाई सोधीखोजी गर्दा आफूले घटनाका विषयमा थाहा पाएको उनले बताए ।

उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । ‘घटनाका बारेमा मैले थाहा पाएपछि श्रीमतीलाई सोधे, उनले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको भनिन्,’ उनले भने, ‘आमा छोरी मात्रै बस्छौ भन्दै धम्की दिएका रहेछन् ।’

छोरीलाई पनि कसैलाई नसुनाउन भनेर धम्की दिएको उनले बताए । धम्कीका कारण आमा छोरीले नै उनलाई घटनाका बारेमा सुनाएनन् । ‘बुझ्दाखेरि गाउँमा अलेली हल्ला सुने, छोरीले पनि सुनाइन्,’ उनले भने, ‘मैले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरें ।’ उनका अनुसार घटनाका कारण छोरीको स्वास्थ्यमा समस्या छ ।

घटना भएकै दिन गाउँमा मिलापत्र गराएका अगुवाले आरोपीलाई छुटाउने प्रयास गरिरहेको एक जना स्थानीय बासिन्दाले बताए । ‘पीडक पक्ष पीडित भन्दा आर्थिक रुपमा सम्पन्न नै छन्,’ उनले भने, ‘पीडित परिवारलाई न्याय नपाउने हो कि भन्ने चिन्ता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In