• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार


विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार

Running man and woman black vector silhouettes. Sport female and male, jogging training athlete illustration

Share on FacebookShare on Twitter

विराटनगर । विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार भएकी छिन्।

मोरङको बुढीगंगा-१ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसालाई प्रेमिकाले लिएर दुई दिनदेखि फरार भएकी हुन्। यादवको पछिल्लो समय अञ्जली साहसँग गहिरो प्रेम सम्बन्ध रहेको थियो। सामाजिक सञ्जालबाट केही महिनाअघि मात्र यादवको अञ्जली साहसँग सम्पर्क भएको थियो। निरन्तर सम्वाद हुन थालेपछि यादव र साहबीच प्रेम सम्बन्ध गासिएको थियो।

प्रेम सम्बन्धमा गाँसिएका उनीहरू सोमबार विराटनगरको रोड शेषमा भेट्न आएको बेला यादवका नावालिक छोरी निकिसालाई प्रेमिका अञ्जलीले लिएर फरार भएकी हुन्। पेशाले मेकानिकल इन्जिनियर यादवको विवाह सप्तरी राजविराजकी ममता यादवसँग भएको हो। विवाह भएको केही समयपछि ममता बिबिए पढ्न काठमाडौं गइन्।

छोरीलाई हजुरबुबासँगै छोडेर श्रीमती काठमाडौं गएपछि यादव र अञ्जलीबीच प्रेम सम्बन्ध जुटेको थियो। अञ्जलीसँगको प्रेम सम्बन्धमा बाधिएका यादवको निरन्तर भेटघाट हुने गरेको थियो। प्रेममा गासिएपछि उनीहरूबीच भेटघाट पनि बाक्लै हुँदै गएको थियो। छोटो समयमा नै नजिकिएका उनीहरूले एक अर्कोको कुरा नकाट्ने जस्तो बनेको थियो।

अञ्जलीले प्रेमी दिपेन्द्रलाई छोरीलाई लुगा किनदिने भन्दै लिएर आउन आग्रह गरेकी थिइन्। बच्चाको लागि लुगा किनेर ल्याएर रोडशेष र बसपार्कको बीचमा नै यादवको कारमा चढ्न लगाएकी थिइन्।  प्रहरी स्रोतका अनुसार बच्चाको लुगा फेरिएपछि चिया र खाजा खान अञ्जलीले प्रेमी यादवलाई आग्रह गरिन्।

प्रेमिकाले आग्रह गरेपछि दुवै जना सहमतिमा नै रोडशेषस्थित एक खाजा पसलमा पुगे। अञ्जलीले नै दुई कप चियाको अडर गरिन्। तर चिया भने नखाई औषधी किन्ने बाहानामा बच्चालाई लिएर बाहिर गइन्। माक्स लगाएकी अञ्जली माक्स नखोली बच्चालाई लिएर बाहिरिन्। यादवले चिया र चुरौट खाना लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गईन्।

साथीहरूलाई फोन गर्नुपर्ने भन्दै मोबाइल लिएर गएको यादवले प्रहरी जानकारी दिएका छन्। चिया खाएर निस्कन लाग्दा  प्रेमिकाले नै बच्चा लिएर फरार भएको थाहा पाएर यादव प्रहरी कहाँ पुगेका थिए। बिहान ९ बजेदेखि बच्चा हराएपछि साढे ९ बजेतिर उनले आफन्तलाई जानकारी दिएका थिए।

बच्चाकी हजुरबुबा दिपक यादवले छोराको केही महिनादेखि अञ्जलीसँग प्रेम रहेको बताए। उनले आफूलाई म्यासेज गरेर धम्कीसमेत दिने गरेको सुनाए। अञ्जलीले ‘बच्चा मसँग रहेको र चिन्ता नगुर्न छोरी सुरक्षित छ र भोलि कल आउँछ’ भन्दै म्यासेज पठाएकी छिन्। भोलि कल आउँछ भन्दै पठाएको म्यासेजको जवाफमा हजुरबुबाले दिपकले सबै माग पूरा गर्ने र बसेर समस्याको समाधान  म्यासेज पठाए।

फेसबुकको सबै म्यासेज हटाउन उनले दोस्रो म्यासेज गरिन्। अञ्जलीले भने अनुसार सबे फोटो हटाएपछि कुनै सम्पर्क हुन नसकेको उनले बताए।  बेपता पारिएकी बच्चाको बुबालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  अञ्जलीको ठेगाना अहिलेसम्म खुलेको छैन।

मोरङका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बालिकाको खोजीकार्य जारी रहेको बताए। किन र केको लागि नाबालिका लिएर फरार भएको बारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In