ढल्केवर । स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड नं ९ बस्ने १९ वर्षीय अब्दुल समी रहेका छन् ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित महादेव मन्दिरनजिक लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बी.आर.३२ एजे ०१७० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा स्रोत नखुलेको ठुलो परिमाणको रकमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँ बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपकुमार क्षेत्रीले जानकारी दिए । उनलाई नगद रूपैयाँसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post