काठमाडौं, भदौ ५ गते । दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन्
दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखाको धार्चे गाउँपालिका–४ खोर्ला घर भई आरूघाट गाउँपालिका–९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।बागलुङको बागलुङ जैमिनी नगरपालिका–१ कोप्चेस्थित सडकको नालीमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा तथा राजविराज नगरपालिका–१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । न्युज कारखाना
Discussion about this post