• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

किन भयो काठमाडौँ वर्ल्ड स्कुलमा झडप ?


किन भयो काठमाडौँ वर्ल्ड स्कुलमा झडप ?
Share on FacebookShare on Twitter

काठमाडौँ । तीजको अघिल्लो दिन कक्षा १२ मा पढ्ने विद्यार्थीले कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कुटे । कुटाई खाने भक्तपुरको सूर्य विनायक नगरपालिका–७ गुण्डुका स्थानीयवासी थिए भने कुट्ने काठमाडौँका थिए ।

मंगलबार वडाध्यक्ष रवीन्द्र सापकोटाले यो विषयमा चासो देखाए र विद्यालय प्रशासनलाई के भएको हो भनेर सोधे । विद्यालय प्रशासनले तीजको दिन विद्यालय बन्द भएकाले भोलि बुझ्ने जानकारी गरायो । वडाध्यक्षले बुधबार दिउँसो २ बजेभित्र ‘घटनामा के भएको हो ? दोषीलाई के कारबाही हुन्छ ?’ भनेर जवाफ दिन भने ।

कुटाई खाने विद्यार्थी नजिकैको कार्की टोलका थिए । आज बिहान अभिभावकहरू आफ्ना छोराछोरीलाई स्कुल पुर्‍याउन भन्दै विद्यालयको गेटसम्म पुगे । स्थानीय अभिभावक कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै होहल्ला गर्न थाले ।

त्यहीबीचमा तामाङ टोलका स्थानीय पनि आफ्ना छोराछोरीलाई पुर्‍याउन गेटसम्म्म पुगे । एक जनाले अस्तिको कुटपिटमा ‘यो पनि थियो’ भनेर भनिदिए । त्यसपछि कार्की टोल र तामाङ टोलका स्थानीयबीच विवाद हुन थाल्यो ।

यसबीच घटनाको विषयमा विद्यालय प्रशासन, अभिभावक र स्थानीय जनप्रतिनिधिभित्र छलफल गरिरहेका थिए । छलफलपछि दोषी विद्यार्थीलाई विद्यालय प्रशासनले कारबाही गर्ने भनेर निर्णय गरियो । त्यसपछि दुवै पक्ष बैठक सकेर बाहिर आउँदै गर्दा बाहिर दुई टोलवासीबीच झडप हुन थाल्यो ।

एउटा टोलवासीले अर्को टोलको विद्यार्थी पनि घटनामा संलग्न रहेको भन्दै आरोप लगाएपछि दुवै पक्षबीच झडप भएको वडाध्यक्ष सापकोटा बताउँछन् । ‘वडाकै दुईटा गुटबीच झडप भएको थियो । त्यसपछि प्रहरी बोलाइएको थियो,’ वडाध्यक्ष सापकोटाले रातोपाटीसँग भने । दुवै पक्षका हातमा लाठी तथा भाटा बोकेर झडपको लागि आएका थिए । केही बेर मुठभेड भएपछि प्रहरीले उनीहरुलाई छुट्याएको थियो ।

समयमै प्रहरी पुगेर मुठभेडलाई तितरबितर पारेपछि ठूलो दुर्घटनाबाट जोगिएको सापकोटा बताउँछन् । ‘दुवै पक्षका युवा युवाबीच विवाद भयो । समयमै प्रहरी आएर तितरबितर पार्नुभयो । नत्र ठूलो घटना हुनेरहेछ,’ उनले भने ।

विद्यार्थी बीचको झगडाले गर्दा अहिले पनि दुई टोलबीच द्वन्द्व हुने अवस्था सिर्जना भएको छ । ‘त्यसमा हामी सजग छौँ । छलफल गरिरहेका छौँ । कुट्नेवाला काठमाडौँको थियो । हामीले सम्झाउने प्रयास गरिरहेका छौँ । विद्यार्थीबीचको झगडामा अभिभावक भिड्दा समस्या आयो,’ वडाध्यक्ष सापकोटाले भने ।

झडप नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले काठमाडौँबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारबाही नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

चैत १९ गतेबाट अनिवार्य अंग्रेजी विषयको एसईई परीक्षा सुरु

चैत १९ गतेबाट अनिवार्य अंग्रेजी विषयको एसईई परीक्षा सुरु

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In