लोकेन्द्र यादव-
सप्तरी। सप्तरीको बलान बिहुल गाउँपालिकाे अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
प्राप्त जानकारी अनुसार जनमत पार्टीबाट अध्यक्ष पदको लागी पहिलो उम्मेदवारको रुपमा खेमचन्द्र यादव र उपाध्यक्ष पदमा रेणु यादवले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी वडा अध्यक्षको लागि वडा १ बाट रामकुमार यादव , ३ बाट राजकिशोर यादव (बब्लु), ४ बाट हंशु मियाँ, ५ बाट ईन्द्र यादव र ६ बाट नागो देवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने वडा २ बाट पार्टीले उम्मेदवारको टुंगो लगाउन हालसम्म नसकेको जनमतका युवानेता संतोष यादवले बताए ।
उम्मेदवारहरुले बलान बिहुल गाउँपालिका वडा – १ मल्हनियाँ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।
Discussion about this post