एजेन्सी-
अबुजा । नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले एउटा अवैध रूपमा सञ्चालित तेल प्रशोधन केन्द्रमा भएको विस्फोटनमा कम्तीमा एक सय नौ जनाको ज्यान गएको बताएका छन् ।
दक्षिणी नाइजेरियाको इमो राज्यमा भएको यस दुर्घटनामा धेरै जना चिन्नै नसकिने गरी जलेका छन् ।
राष्ट्रपति बुहारीले यस दुःखद घटनालाई राष्ट्रिय शोकको संज्ञा दिएका छन् । प्रहरीले अहिले तेल प्रशोधन केन्द्रका मालिकको खोजी गरिरहेको छ । राष्ट्रपति बुहारीले पीडित परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले यस घटनाका लागि जिम्मेवार व्यक्तिहरुलाई न्यायको कठघरामा उभ्याइने बताएका छन् ।
दशकौंदेखि तेल उद्योगका कारण मत्स्यपालन र कृषिमा नकारात्मक असर परेको छ । तेलबाट हुने आम्दानी न्यायोचित वितरण नहुँदा केही मानिसले कमाउन अन्य विकल्प खोज्न थालेका छन् । नाइजेरियामा अवैध तेल प्रशोधन एक आकर्षक विकल्पका रूपमा फष्टाउँदै गइरहेको छ । बीबीसीबाट ।
Discussion about this post