• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

फालिएका शिशुलाई जीवन दिने आलोक बाबा ‘नागरिक नायक’ घोषित


फालिएका शिशुलाई जीवन दिने आलोक बाबा ‘नागरिक नायक’ घोषित
Share on FacebookShare on Twitter

ढल्केवर । सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ।

फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकका रुपमा प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र समाजसेवी मनाेज नेवा: खड्गीले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्।

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो।

फालिएका शिशुलाई जीवन दिन्छन् ‘आलोक’

अनिच्छामा जन्मिएका शिशुलाई बेवारिसे फाल्ने घटना मधेसमा बढ्दो छ। अशिक्षाका कारण छोरी जन्मिदा परिवार खुसी नहुने, दाइजो दिनुपर्ने, भागी बिहे गर्दा प्रतिष्ठा गुम्ने डरले यस्ता घटना बढ्दाे छन्। कुरितीको यो अँध्यारोमा आशाका किरण पनि भेटिन्छन्।

यी किरण हुन् ५० वर्षीय सत्यनारायण महतो ‘आलोक’। अविवाहित उनी विगत १२ वर्षदेखि मृत्युको मुखमा फालिएका शिशुहरुलाई उद्धार गर्दे आएका छन्। उनले कसैलाई फोहोरको थुप्रोबाट त कतिलाई नालीबाट उद्धार गरेका छन्। उनी यी १४ सन्तानका ‘बुवा’ हुन्।

उनको घर अहिले ‘कबीर अनाथ बालाश्रम’ नामले चिनिन्छ। प्रहरीले उद्धार गरेका यस्ता शिशुहरु पनि उनकै आश्रममा ल्याएर राखिन्छ। जनकपुरको निजी कलेजमा अंग्रेजी पढाउने महतोको जनकपुरधाम-८ वाल्मीकिनगरको एक कठ्ठा जग्गामा आश्रम छ।

शिशुहरुको पालनपोषण र शिक्षामा लाग्ने खर्च जुटाउन उनी धार्मिक प्रवचन दिन्छन्। मनकारीले आफ्नो विवाह उत्सव, जन्मोत्सवमा सहयोग गर्छन्। यसैबाट उनले १४ जना बच्चा हुर्काइरहेका छन्। बच्चाहरू बिहानै उठेर योगा गर्छन्। आश्रममै ट्युसन पढ्छन्। खाना खाएर स्कुल जान्छन्। बाँकी बच्चा आश्रममै लडिबुडी गर्छन्।

अपरान्ह ४ बजे पुन: आश्रममै बच्चालाई ट्युसन पढाउन शिक्षक आउँछन्। ५ बजे संगीत कक्षामा रमाउँछन्। त्यसपछि गृहकार्य गर्छन् अनि खाना खाएर सुत्छन्। बच्चा फ्याँक्ने विकृति रोक्ने दायित्वबाट विमुख समाज र सरकारलाई चुपचाप ऐना देखाइरहेका महतोलाई सबैले ‘टुहुराका अभिभावक’ भनेर इज्जत गर्छन्। जीवनको सबैभन्दा ठूलो खुसी यसैलाई ठान्छन्, महतो।

त्रेता युगका जनकले माटोमुनी भेटिएको भनिएकी सीतालाई हुर्काएर पुजनीय बने। सीतालाई जानकी नामले पुजिन्छ। सत्यनाराण पनि माटो र पानीमा भेटिएका १४ जना छोराछोरीलाई हुर्काइरहेका छन्। रोएका नानीहरुलाई जीवन्त खुसी दिने सत्यनारायणलाई नेपाल रिपब्लिक मिडियाले नागरिक नायक घोषणा गरेका हुन्।

रिपब्लिक मिडिया प्रालिले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने व्यक्ति वा संस्थालाई यो सम्मान प्रदान गर्दै आएको छ। जसबाट तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने तथा तिनको प्रचारप्रसार गर्दै थप उत्प्रेरित गराउने उद्देश्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In