• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्ने, ३८ प्रतिशत मात्रै महिला उम्मेदवार


स्थानीय तहमा महिला प्रतिनिधित्व घट्ने, ३८ प्रतिशत मात्रै महिला उम्मेदवार
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय  निर्वाचन  २०७९  मा  महिलाको  प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुने भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।

निर्वाचन   आयोगका   प्रवक्ता   शालिग्राम   शर्मा पौडेलले उम्मेदवार महिलाको सम्मानजनक उपस्थितिका  लागि  आयोगले  दलहरूलाई  पटक  पटक  आग्रह  गरे  पनि  व्यवहारमा  त्यसो  हुन  नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

२०७४ को निर्वाचनमा उम्मेदवारको अन्तिम नामावलीबमोजिम ५७ हजार ८४३ उम्मेदवार महिला थिए । तीबाट करिब ४१ प्रतिशत उम्मेदवार महिला निर्वाचित भएका थिए तर यस वर्ष उम्मेदवारी नै निकै कम परेको छ ।

आयोगका अनुसार मङ्गलबार बेलुकीसम्म एक लाख ४९ हजार ४९० जना उम्मेदवारको नाम आयोगमा प्रविष्ट भएकोमा ५६ हजार ४७७ महिला छन्  । कानुनले  प्रत्येक  वडामा  अनिवार्य  गरेका  एक/एक  जना  महिला  सदस्य  र  दलित  महिला  सदस्यमा ४९ हजार १५४ उम्मेदवारी परेको छ ।

उक्त व्यवस्थाबमोजिम देशभरिका छ हजार ७४३ वडामा १३ हजार ४८६ महिला अनिवार्य निर्वाचित हुनेछन् । ७५३ स्थानीय तहका प्रमुख वा अध्यक्षका लागि  छ  हजार  ८४३  को  उम्मेदवारी  परेको  छ । स्थानीय तहको अध्यक्ष वा प्रमुखमा ४५८ जना महिला उम्मेदवार छन् ।

पालिका प्रमुखका लागि छ हजार ३८५ उम्मेदवार पुरुष छन् । उपाध्यक्ष वा उपप्रमुखमा भने एक हजार २१० जना उम्मेदवार पुरुष  छन्  भने  तीन  हजार  ३१३  जना  महिलाले  उम्मेदवारी दिएका छन् ।

प्रवक्ता पौडेलले भने, “कर्णालीका केही जिल्लाका तथ्याङ्क प्रविष्ट भएको छैन, यद्यपि धेरै बढी भएमा कुल एक लाख ६० हजार उम्मेदवार हुने अनुमान गरेका छौँ ।”

यसअघिको निर्वाचनमा उपप्रमुख वा उपाध्यक्षमा करिब ९७ प्रतिशत महिला निर्वाचित  भएका  थिए  तर  वैशाख  ३०  गते  हुने  मतदानमा भने त्यस्तो अवस्था नरहने प्रवक्ता पौडेलले आकलन गरे ।

दलहरूबीच तालमेल हुँदा एउटै दलले प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवारी दिएन । गठबन्धन हुँदा दलहरूले सिट बाँडफाँट गर्दा एक दलले प्रमुख र अर्कोले उपप्रमुखमा उम्मेदवारी दिने गरी सहमति हुन पुग्यो ।

“प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था कार्यान्वयन हुन नसक्नुको एक प्रमुख कारण सबै दलले दुवै पदमा उम्मेदवारी दिएनन्,” प्रवक्ता पौडेलले प्रस्ट्याए । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # स्थानीय निर्वाचन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In