• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

शिक्षक सरुवा नमिल्दा अभिभावक आन्दोलित


शिक्षक सरुवा नमिल्दा अभिभावक आन्दोलित
Share on FacebookShare on Twitter

फिदिम : शुक्रबार दिउँसो फिदिम नगरपालिका १० थाङनापाको सिद्धदेवी आधारभूत विद्यालयमा पुग्दा अभिभावकहरू आक्रोसित  थिए। प्रधानाध्यापक र राजनीतिक दलका नेताहरूको नाम उच्चारण गर्दै अभिभावकहरू रिसाउँदै थिए।  विद्यालय प्रशासनको दैलोमा तीन ओटा ताला झुण्डिएका थिए।

राजनीतिक शक्तिको आडमा प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले मनपरी गरेको भन्दै आक्रोशित अभिभावकले बिहिबारदेखि  विद्यालय प्रशासन बन्द गरिदिएका छन्। घरपायक सरुवा आएकी शिक्षिका रीता तुम्बापोलाई प्रअ थाम्सुहाङले हाजिर नगराएपछि अभिभावकले विद्यालय प्रशासनमा तालबन्दी गरिदिएका हुन्।

‘विद्यालयको शैक्षिक गुणस्तर सुधार्न हेडसरले ध्यान दिएनन्,’ स्थानीय अभिभावक दुर्गाराज जबेगुले भने ‘विद्यालयलाई राजनीतिक अखडा बनाएपछि ताला लगाउन बाध्य भएका हौं। हेडसरको बदमासी अचाक्ली भयो।’ थाम्सुहाङले आर्थिक अनियमितता गरेको, सरुवा सहमति लिएर आएकी शिक्षिकालाई हाजिर हुन नदिएको, विद्यालयका भौतिक संरचनाहरू प्रअले व्यक्तिगत रुपमा प्रयोग गरेको, अहिलेसम्म सार्वाजनिक सुनुवाइ नगरेको भन्दै अभिभावकहरू आन्दोलित बनेका हुन्।

तर, प्रअ थाम्सुहाङले भने अभिभावकले आफूमाथि नचाहिँदो आरोप लगाइएको बताएका छन्। किर्ते कागजातका आधारमा सरुवा सहमति लिएर आएकाले शिक्षिका तुम्बापोलाई हाजिर हुन नदिएको उनको दावी छ। ‘अबैधानिक रुपमा सरुवा आएकाले हाजिर हुन नदिएको हो,’ थाम्सुहाङले भने ‘प्रक्रिया नपुगेका कसैलाई पनि हाजिर हुन दिन्नँ।’ फिदिम नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथर र सरुवा पठाउने महादेव आधारभूत विद्यालय मूलडाँडालेसमेत किर्ते कागजातका आधारमा सरुवा पठाएको थाम्सुहाङको भनाइ छ। ‘यहाँ सबै निकायलाई गुमराहमा राखिएको छ,’ उनी भन्छन्।

विवादको बिजारोपण 

विद्यालय व्यवस्थापन समिति चयनका लागि चुनाब भएदेखि विवादको बिजारोपण भएको देखिन्छ। उक्त विद्यालयमा २०७७ माघ १४ गते व्यवस्थापन समितिको चुनाव भएको थियो। निर्वाचन अधिकृत भएर प्रअ थाम्सुहाङले नै चुनाव गराएका थिए।

दुई पक्षबीच चुनाव हुँदा टीकानाथ जवेगु अध्यक्षमा निर्वाचित भए। व्यवस्थापन समितिमा आफू अनुकूल व्यक्ति विजयी बन्न नसकेपछि थाम्सुहाङले त्यो समितिलाई अबैधानिक भनेका छन्। समिति गठन गर्दा प्रक्रिया नपुगेको र त्यसलाई मान्यता नदिन थाम्सुहाङको अगुवाइमा नगरपालिकामा निवेदन परेको थियो। उक्त निवेदनको आधारमा नगरपालिकाले समिति खारेर गरिदिएको प्रअको दावी छ। ‘खारेज भएको समितिको निर्णयको आधारमा सरुवा आएकी शिक्षिकालाई हाजिर गराउन सकिन्न,’ थाम्सुहाङ भन्छन्।

तर, समिति गठनमै थाम्सुहाङले बदमासी गरेको नगरपालिकाको ठम्याइ छ। ‘सबै मिलेर चुनाव गराएको देखिन्छ,’ शिक्षा अधिकृत दाहाल भन्छिन् ‘आफू अनुकुल नजिता नआएपछि प्रअले जालझेल सुरु गरेको देखिन्छ।

के भएको थियो ?

फिदिम नगरपालिका १४ मूलडाँडास्थित महादेव आधारभूत विद्यालयमा कार्यरत स्थायी शिक्षिका हुन् रीता तुम्बापो। उनले २०७८ साउन १६ गते आफू कार्यरत विद्यालयबाट पहिलोपटक सरुवा सहमति लिएर घरपायकको थाङनापा आधारभूत विद्यालयमा हाजिर हुने कोसिस गरिन्।

फिदिम नगरपालिकाका तत्कालीन मेयर ओनाहाङ नेम्बाङले तुम्बापोको सरुवा सिफारिस रोकिदिए। ‘तुम्बापोको सरुवा रोक्न तत्कालीन मेयर ओनाहाङ नेम्बाङ नै लाग्नुभएको थियो,’ शिक्षा अधिकृत निर्माला दाहालले भनिन् ‘त्यसपटक रोकिएको सरुवा अहिलेसम्म टुंगिएको छैन। यो पटक पनि प्रअले बदमास गरिरहेका छन्।’ नेताहरूको आडमा प्रअले नाजायज काम गरेको दाहालको ठम्याइ छ। पहिलोपटकको सरुवा रोकिएपछि तुम्बापोले २०७९ जेठ १४ गते दुवै विद्यालयबाट पुनः सरुवा सहमति लिइन्। फिदिम नगरपालिकाले जेठ १४ गते सरुवा सिफारिस दियो। जिल्ला शिक्षा समन्वय इकाइले जेठ २४ गते सरुवा स्वीकृति गरिदियो। जेठ २७ गते आफू कार्यरत महादेव आधारभूत विद्यालयबाट तुम्बापोले रवाना लिइन्। सबै कागजपत्र लिएर असार १ गते  घरपायकको सिद्धदेवी आधारभूत विद्यालय हाजिर हुन गएकी तुम्बापोलाई प्रअ थाम्सुहाङले रोकिदिए। ‘किर्ते गरेर सरुवा मिलाएकाले हाजिर हुन नदिएको हो,’ थाम्सुहाङ भन्छन्, ‘तुम्बापोलाई मेरो विद्यालयमा कुनै हालतमा हाजिर हुन दिन्न। रिक्त दरबन्दी कटाइदिए हुन्छ।’

प्रक्रिया पूरा गरेर पनि हाजिर हुन नपाएकी तुम्बापो अहिले सम्बन्धित निकायसँग हाजिर हुने वातावरण मिलाइदिन हारगुहार गरिरहेकी छिन्। ‘घरपायक सरुवा जान कोशिस गरेको एक वर्ष बित्न लाग्यो,’ तुम्बापो भन्छिन् ‘राजनीतिक चलखेलको सिकारमा परेकी छु। राजनीतिले सामुदायिक विद्यालयहरूलाई नराम्ररी लपेटेको छ। इमान्दार र कर्तव्यनिष्ठ शिक्षकहरू मारमा परेका छन्।’

जुनसुकै हालतमा प्रअले शिक्षिका तुम्बापोलाई हाजिर गराउनुपर्ने शिक्षा अधिकृति दाहालको भनाइ छ। ‘विद्यालय व्यवस्थापन समितिको चुनावदेखि विवाद सुरु भएको देखिन्छ,’ दाहाल भन्छिन् ‘व्यवस्थापन समिति गठनमा प्रअ थाम्सुहाङको बदमासी देखिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In