काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् ।
गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ । भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए । रासस





![कांग्रेसमा गुटको राजनीतिका कारण टिकटमा मेरो नाम काटियो : ममता महतो [अन्तरवार्ता]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2022/05/mamta-mahato-interview-mahottari-congress-scaled-1.jpg?resize=120%2C86&ssl=1)
![मिथिलाका मतदाताहरु मलाई भोट हाल्न उत्सुक छन् : रामकुमार महतो [अन्तरवार्ता]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2022/05/ramkumar-doctor-meyor-mithila-scaled-1.jpg?resize=120%2C86&ssl=1)





Discussion about this post