राझाँ । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा जलयात्रा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालयले गाउँपालिका–१ कुसुम बैरियादेखि वडा नं. २ अगैयासम्मको राप्तीनदीमा आजदेखि जलयात्रा सञ्चालन गरेको हो ।
जलयात्राको दूरी करिब २७ किलोमिटर रहेको पर्यटन डिभिजन कार्यालयका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन, रोजगारीका अवसर सिर्जना र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सुरु गरिएको यो लुम्बिनी प्रदेशकै पहिलो जलयात्रा हो ।
जलयात्रा सुरु भएपछि बाँकेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ठूलो सहयोग पुग्ने पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दीस्थित सिधनिया घाटसम्म जलयात्रा सञ्चालनको सम्भावना अध्ययन भइरहेको छ ।
अगैयामा सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँध र पुल अवलोकन गर्न अहिले दैनिकरुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । नदीको पारिपट्टी वनभोज तथा भ्रमण गर्न ठूलो सङ्ख्यामा नेपालगञ्ज र कोहलपुरबाट सर्वसाधारण पुग्ने गरेको गाउँपालिका–२ का अध्यक्ष मदन ओलीले जानकारी दिए ।
उनले सिक्टा सिँचाइको नहरमा नियमितरुपमा पानी सञ्चालन भएपछि अगैया क्षेत्र अहिले पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको बताए । रासस





![कांग्रेसमा गुटको राजनीतिका कारण टिकटमा मेरो नाम काटियो : ममता महतो [अन्तरवार्ता]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2022/05/mamta-mahato-interview-mahottari-congress-scaled-1.jpg?resize=120%2C86&ssl=1)
![मिथिलाका मतदाताहरु मलाई भोट हाल्न उत्सुक छन् : रामकुमार महतो [अन्तरवार्ता]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2022/05/ramkumar-doctor-meyor-mithila-scaled-1.jpg?resize=120%2C86&ssl=1)





Discussion about this post